
पछिल्लो समयमा नेपालमा नेपाल बार एसोसीएसन नामक संस्था छ कि छैन भन्ने अवस्था आइसकेको छ । बारको वहालवाला नेतृत्व चाहिने ठाँउमा नबोल्ने र नचाहिने इस्युमा प्रोपोगान्डा गर्दै हिडेको हामी सबैले देखेका छौ । अझ एकपटक त बारले प्रेष विज्ञप्तीनै जारी गरेर वकिल मित्रहरुलाई बोल्न समेत निषेधाज्ञा जारी गर्यो । यसले गर्दा अहिले बारको साख असाध्यै गीरेको छ । त्यसमाथि बारको नेतृत्वले बारलाई भातृ संस्था जस्तो बनाएर चलाउँदा बारको विश्वसनियतानै गुम्ने खतरा बढेको छ ।
एकातिर न्यायपालिकामा गम्भीर बिचलन आउनु अर्कोतिर बारको नेतृत्व कसैको बोली बोलीदिने तोता हुनुले नेपालको न्याय सम्पादन र जनताको अधिकार गम्भीर दुर्घटना तर्फ अग्रसर भएको बुझ्न सकिन्छ । यसकारण अहिले हामीलाई शसक्त बार चाहिएको छ । ०६२-०६३ सालमा जस्तै सबैले सुनिने, सर्वसाधारणले आसाको नजर लगाएर हेर्ने बार बनाउनु अहिलेको आवश्यकता हो ।
विगतमा नेपाली कांग्रेस सर्मर्थीत वकिलहरुलेनै बारमा भातृ संस्थाको बिउ रोप्नु भयो । बारलाई पार्टीको निर्देशन मान्ने संस्था बनाउनु भयो । अब बार त्यस्ता कुकृत्यकारीहरुको चुङग्रलबाट बाहिर निस्कनै पर्छ । यसका लागि बारको नेतृत्व स्वच्छ छवि भएका वरीष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको काँधमा आउनु पर्छ । पहिलो त यो समुहका अध्यक्षका उमेदवार ६८ वर्षको उमेरमा पनि हामी नौजवानहरु जसरी फुर्तीलो र तेजीलो हुनुहुन्छ । उहाँको सादगी, सौम्य व्यवहार र कार्यकुशलताले नेपाल बारलाई पुरानै अवस्था पुर्याउन सक्छ । उहाँ निस्कल्ङ्क र व्यवसायीक छवि बनाएको व्यक्ति हुनुहुन्छ । त्यस्ता कुशल व्यक्तिको नेतृत्वमा सबभन्दा बढी समावेशी समुह अहिले प्रतीस्प्रधामा छ । श्रेष्ठ जस्ता कर्र्मशील वरीष्ठ अधिवक्ता देखि म जस्ता युवा जोसको कानुन व्यवसायी यो समुहमा छौ ।
मैले पनि १० वर्ष सम्म नेपाल ल क्याम्पसको प्राङगणमा रहेर आम वकिल तथा विद्यार्थी साथीहरु सँग सहकार्य गर्ने मौका पाए । यो बिचमा गर्न सक्ने थुप्रै काम गरीएको छ । यस्तै हाम्रो समुहमा ४ जना महिला हुनुहुन्छ । जुम्ला बाट प्रतिनिधित्व गर्ने मीन बहादुर महत उपाध्यक्षको उमेदवार हुनुहुन्छ । यस्तै पीएचडी गरेका डा. शीवराज पण्डीत सदस्य पदका उमेदवार हुनुहुन्छ । यस्तो समावेशी समुहले निर्वाचन जीत्दा नै बारको पुनसंरचना सम्भव छ । (नगरकोटी सदस्य पदका उमेदवार हुन् )।
वि.सं.२०७५ चैत १० आइतवार १५:११ मा प्रकाशित






























