back
CTIZAN AD

थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान (अपडेट)

वि.सं.२०७५ चैत ११ सोमवार

717 

shares

११ चैत, बैंकक ।  थाइल्यान्डमा आइतबार सम्पन्न संसदको निर्वाचनमा मतदानको समय समाप्त भएको छ । सन् २०१४ मा थाई सेनाले सत्ताकब्जा गरेयता पहिलोपटक आमनिर्वाचन भएको हो ।

निर्वाचन आयोगका महासचिव जारुङभिथ फूम्माले मतदानको समय समाप्त भएको जानकारी दिँदै करिब ८० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको बताए ।

थाइल्यान्डमा केही वर्षदेखि राजनीतिक अस्थिरता हाबी छ । सैनिक पक्षधर र सत्ताच्यूत गरिएका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकबीच मुख्यरूपमा सङ्घर्ष चलिरहेको छ ।

पछिल्लो पटक सन् २०१४ मा सत्ता हत्याएपछि थाइल्यान्डको शक्तिशाली सेनाले कानुन व्यवस्थालाई सही मार्गमा ल्याउने र लोकतन्त्र पुनर्वहाली गर्ने बचनबद्धता प्रकट गरेको थियो, तर पटकपटक आमनिर्वाचन स्थगन गर्दै आएको थियो ।

आलोचकहरूको भनाईमा सेनाले जारी गरेको नयाँ संविधानले पछिल्लो मतदानबाट जस्तोसुकै परिणाम आएपनि सत्तामाथि सेनाको प्रभाव विशिष्ट रहनेछ । संविधानमै नयाँ संसदमा सेनाका व्यक्तिहरूको बाक्लो उपस्थितिलाई सुनिश्चित गरिएको छ ।

यस पटकको चुनावमा पाँच करोडभन्दा बढी व्यक्ति मतदानका लागि योग्य थिए । १८ देखि २६ वर्ष उमेर समूहका सत्तरी लाखभन्दा बढी व्यक्तिले पहिलो पटक मतदानमा भाग लिँदैछन् । सबैजसो पार्टीले यो समूहको झुकावलाई विशेष महत्व दिएका छन् ।

चुनावको पूर्वसन्ध्यामा थाइल्यान्डका नरेश माहा वाजीरालोङकोर्नले मतदानलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आम देशवासीसँग आग्रह गर्नुभएको थियो । थाइ नरेशको आह्वानलाई स्थानीय सबैजसो टेलिभिजनहरूले पटक पटक प्रसारण गरेका थिए ।

विद्यालय, मन्दिर, सरकारी कार्यालय लगायतका ठाउँमा विहानैदेखि मतदान गर्नेहरूको भीड लागेको थियो ।

निर्वाचनका लागि देशभर पाँच करोड १० लाखभन्दा बढी मतदाता रहेका छन् । तीमध्ये झण्डै एक लाख २० हजार मतदाताले देश बाहिरबाट मतदान गर्न पाउने छन् । निर्वाचन आयोगका अधिकारीका अनुसार देश बाहिरबाट मतदान गर्नेहरू ६७ देशमा रहेका छन् ।

निर्वाचनमा झण्डै १० हजार उम्मेदवार चुनावी मैदानमा छन् । थाइल्याण्डमा कूल ३५० निर्वाचन क्षेत्र रहेका छन् । हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी निर्वाचन हुने कूल सांसदको संख्या भने पाँच सय रहेको छ ।

निर्वाचनमा झण्डै ४० राजनीतिक दलले भाग लिएका छन् । पूर्व प्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यिङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई भने अदालतले विघटन गरिदिएपछि सो पार्टी निर्वाचनमा सहभागी हुनबाट बञ्चित भएको छ ।

थाक्सिन सिनावात्रालाई सन् २००६ मा सैनिक सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । त्यसपछि सन् २०१४ मा उनकी बहिनी यिङ्लकको सत्तामा पुनरागमन भएको थियो । तर उनलार्ई पनि भ्रष्टाचारको आरोपमा सत्ताबाट हटाइएको थियो ।

त्यसपछि पाँच वर्षदेखि सैनिक जनरल प्रयुत चान-ओ-चाले सरकारको नेतृत्व गरेका छन् । उनी पनि अहिले निर्वाचनमा प्रतिस्पर्धी छन् ।

वि.सं.२०७५ चैत ११ सोमवार १०:०५ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...