back
CTIZAN AD

चल्ली चौधरीले ९२ वर्षमा नागरिकता पाए

वि.सं.२०७५ चैत ११ सोमवार

672 

shares

११ चैत,लमही  । दाङ गढवा गाउँपालिका–३ रतनपुरका न्यूनदृष्टियुक्त चल्ली चौधरीले ९२ वर्षमा नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालयले पचाहामा सञ्चालन गरेको शिविरबाट उनले नागरिकता लिएका हुन् ।

“यसअघि कसैले नागरिकता बनाउन पनि भनेका थिएनन्”, उनले भने, “यस्तो शिविर पनि आएको थिएन, त्यसैले पहिले नागरिकता लिन पाएकी थिइन् ।” उनलाई प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नागरिकता हस्तान्तरण गरेका हुन् । नागरिकता नहुँदा ९२ वर्षसम्म पनि वृद्धभत्ता नपाएका उनले नागरिकता पाएपछि भने वृद्धभत्ता पाइने भन्दै खुशी व्यक्त गरे ।

दुबैआँखा नदेख्ने चौधरीले आफू एक ठाउँबाट अर्को ठाउँ हिँड्न पनि समस्या हुने भन्दै नागरिकता बनाउनसक्ने अवस्था नरहेको बताए । नागरिकता नपाएका तथा विकटका नागरिकलाई सहज नागरिक प्रदान गर्न जिल्लाका विकट क्षेत्रमा शिविर सञ्चालन गरेको प्रजिअ रिजालले बताए ।

वि.सं.२०७५ चैत ११ सोमवार १९:१० मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...