
१२ चैत, काठमाडौं । सिन्धुपाल्चोककको भोटेकोशी गाउँपालिका ४ सिल्टिङमा निर्माणधिन शिवश्री हाइड्रोपावरमा कार्यरत २ मजदुरको ग्यास सिलिण्डर पड्किदा ज्यान गएको छ भने दुईको अवस्था अज्ञात रहेको छ ।
मृत्यु भएका २ जनामा दोलखा सिपाश्वरका २३ वर्षीय भाइकाजी शेर्पा र हुम्लाका २४ वर्षीय सञ्चुक लामाको सनाखत भएको पनि प्रहरी जनाएको छ ।
सोमबार साँझ ४ बजेतिर खाना पकाउने बेलामा भएको उक्त दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको भनिएपनि शबहरु क्षत विक्षत अवस्थामा रहेको तथा दुईजनाको टाउँकोको आधारमा सनाखत गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव काफ्लेले संसारन्युजलाई जानकारी दिएका छन् ।
‘हिजो साँझ बेलुका ४ बजे दुर्घटना भएको रहेछ, पानी र चट्याङका कारण उद्धारमा कठिनाइ भएकाले राती १२ बजेमात्र २ जनाको शनाखत गरियो,’ डिएसपी काफ्लेले भने, ‘शब क्षतिविक्षत भएकाले सम्पर्कमा नआएका अन्य २ जना यिनै हुन भनेर भन्न सकिएको छैन् ।’
शब क्षत बिक्षत अवस्थामा रहेको र र २ जना नभेटिएकाल उनीहरुको पनि दुर्घटनामा परेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि डिएसपी काफ्लेले बताए ।
वि.सं.२०७५ चैत १२ मंगलवार १०:३४ मा प्रकाशित





























