back
CTIZAN AD

लगानी सम्मेलनमा ७७ परियोजना ‘शो केश’मा राखिने

वि.सं.२०७५ चैत १२ मंगलवार

585 

shares

१२ चैत, काठमाडौँ । सरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा कूल ७७ वटा परियोजनालाई ‘शो केश’ मा राखिने भएको छ ।

यही चैत १५ र १६ गते काठमाडौँमा हुने सम्मेलनमा सरकारकोतर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट २७ वटा आयोजना समावेश गरिएको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको लगानी बोर्डले जानकारी दिएको छ । सम्मेलनको तयारीका बारेमा अवगत गराउन आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बोर्ड बैठकले सम्मेलनमा सहभागी हुने पाहुनालाई उच्चस्तरको आतिथ्यता प्रदान गर्ने निर्णय पनि गरेको छ । यस अघि गोर्खा भूकम्पपछि २०७२ साल असार १० गते लगानी सम्मेलन भएको थियो ।

सम्मेलनको तयारीका बारेमा चासो व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागीलाई प्रदान गर्ने आतिथ्यतामा कुनै पनि कमी कमजोरी हुन नदिने गरी व्यवस्था मिलाउन निर्देशन दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । प्रधानमन्त्री बोर्डको अध्यक्ष छन् ।

प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै अधिकारीले भने, “हाम्रा जे–जस्ता भौतिक संरचना छन् । त्यसआधारमा सहभागीलाई प्रदान गरिने कुनै पनि किसिमको आतिथ्यतामा कमी नहोस्, गुणस्तरीय सेवा दिनेतर्फ केन्द्रित हुनुहोस् ।”

६०० बढी विदेशी सहभागी हुने

लगानी स्म्मेलनमा विभिन्न मुलुकका ६०० बढी प्रतिनिधि तथा लगानीकर्ता सहभागी हुने छन् । स्वदेशभित्रबाट पनि सहभागिताका लागि उत्साहपूर्ण चासो व्यक्त भएको छ । यस्तै विभिन्न देशमा रहेका गैरआवासीय नेपालीसमेत सहभागी हुनेछन् ।

सम्मेलन तयारीका बारेमा प्रधानमन्त्री र बोर्डका सदस्यलाई जानकारी गराउन आयोजना गरिएको उक्त बैठकमा सम्मेलनको तयारीबारेमा समीक्षा भएको उल्लेख गर्दै उनले स्वदेश तथा विदेशबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सम्मेलनका क्रममा एक दर्जनजति परियोजनाका समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी दिए । ऊर्जा, पर्यटनजस्ता क्षेत्रसँग जोडिएका परियोजनाका प्रवद्र्धकसँग उक्त समझदारी हुने र थप विवरण भने बुधबार सार्वजनिक गरिने उनको भनाइ थियो । सम्मेलनमा विदेशी लगानीकर्ताका अलावा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता बैंक तथा वित्तीय संस्थाकोसमेत सहभागिता रहनेछ ।

ठूलो सम्मेलन केन्द्र नहुँदाको पीडा

अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र नहुँदा समस्या भएको भन्दै बैठकमा प्रधानमन्त्रीले कम्तीमा अस्थायीरुपमा नै भए पनि तीन हजार जना अट्ने सम्मेलन केन्द्रको व्यवस्था मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिए ।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सङ्घीय संसद् भवनका रुपमा प्रयोगमा आएका कारण अन्य सुविधासम्पन्न सम्मेलन केन्द्र नभएका कारण यस्ता अन्तर्राष्ट्रिय कार्यक्रम स्थलको अभाव खड्किँदै आएको छ । सम्मेलन केन्द्रको अभावमा यसपटकको अन्तर्राष्ट्रिय सम्मेलन पनि होटल सोल्टीमा आयोजना गरिनेछ ।

प्रधानमन्त्रीले सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्ने सम्मेलन केन्द्रको तयारी गर्नुपर्नेमा सम्बद्ध निकायको ध्यानाकर्षण गराएका थिए । अर्थमन्त्री डा खतिवडाले भने, “यति ठूलो सम्मेलन गर्न संरचना पर्याप्त छैनन् र आगामी दिनमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अलिक ठूलो बनाउनुपर्छ भन्नेमा हामीले छलफल गरेका छौँ ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले बैठकमा तयारीका विषयमा नै परिचर्चा गरिएको बताए । उनले भने, “तयारीको समीक्षा गरियो । पूर्वतयारीका बारेमा अत्यन्त सन्तोषजनक, व्यापक सहभागितामा धेरै उत्सुकता बढेको छ । सम्भव भएसम्म नेपालको आतिथ्यता, लगानी प्रवद्र्धन, नेपालको राम्रो छवि बाहिर लैजान सकिन्छ भन्ने पनि कुरा भएको छ ।”

सम्मेलनमा सहभागी हुने पाहुना आउनेक्रम शुरु भएको छ । बिहीबार धेरैजसो सहभागी काठमाडौँ आइपुग्नेछन् । नेपाल आउने हरेकजसो उडानमा सहभागी आउन थालेका छन् । सम्मेलनमा सहभागीबीच साइड लाइन बैठक, अन्तक्र्रिया जस्ता कार्यक्रम पनि विभिन्न संस्थाले आयोजना गरेका छन् । यसले पनि थप उत्साह बढाएको प्रमुख कार्यकारी अधिकृत अधिकारीको भनाइ थियो ।

वि.सं.२०७५ चैत १२ मंगलवार २०:०७ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...