
१३ चैत, काठमाडौं । सशस्त्र प्रहरीले सहायक निरीक्षक (असइ) पदमा ३ सय ३९ जनाको भर्ना खुलाउँदा लिखित परीक्षामा ३९ मात्र उत्र्तीण भएका छन् । परीक्षामा एक हजार ७ सय सहभागी थिए । खुलातर्फका एक सय २८ जनाको दबरन्दी माग भएकोमा ३९ जना उत्र्तीण भएका हुन् ।
उनीहरुमध्ये १६ जनाले विभिन्न आरक्षण कोटाबाट पनि नाम निकालेका छन् । महिलातर्फ २२ मा तीन, आदिवासी जनजातितर्फ ३० मा आठ, मधेसीतर्फ ३० मा तीनजना उत्तीर्ण भएका छन् ।
दलिततर्फ पाँचजनाको आरक्षण रहेकोमा एकजना पनि सफल भएनन् । पिछडिएको क्षेत्र अन्तर्गत पाँचजनाको कोटामा दुई जना पास भए भने सहिद प्रहरी परिवारका लागि छुट्याइएको तीन कोटामा शून्य नतिजा आयो । नतिजा हेरेर सशस्त्र प्रहरीका अधिकारी नै आश्यर्चमा परेका छन् । बुधबारको नयाँपत्रिकाबाट
वि.सं.२०७५ चैत १३ बुधवार ०८:०४ मा प्रकाशित






























