
१३ चैत, काठमाडौं । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले सुरेश बस्नेतालाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ ।
गन्तव्य नेपाल ग्रुप अन्तर्गत रहेको गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले बैशाख १३ र १४ गते भृकुटी मण्डपमा आयोजना गर्न लागेको डोमेस्टिक टुरिजम मार्ट (डिटीएम) का लागि बस्नेतलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको जनाएको छ ।
नेपलीज वल्र्डवाइड सेफ्स एसोसियनका संस्थापक अध्यक्ष समेत रहेका बस्नेतलाई बुधबार बसेको गन्तव्य नेपालको पदाधिकारीको बैठकले ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो ।
गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले पर्यटन क्षेत्रमै सबैभन्दा ठूलो र भव्य कार्यक्रमका लागि आफूहरुले भव्य तयारी गरिरहेको बताएका छन् ।
पर्यटन पत्रकारितामा समेत आवद्ध रहेका बस्नेतले आन्तरिक पर्यटन मेलालाई उचाइमा पु¥याउनका लागि महत्वपूर्ण भूमिका खेल्ने विस्वास लिएको पनि आयोजकले जनाएको छ ।
वि.सं.२०७५ चैत १३ बुधवार १६:०८ मा प्रकाशित






























