Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

सनराइज बैंकको स्वास्थ्य योजना अब भारतमा पनि लागू हुने



१४ चैत, काठमाडौ । सनराइज  बैंक लिमिटेडले आफ्ना ग्राहकहररुको सुविधालाई मध्यनजर गर्दै हाल दिइरहेकको स्वास्थ्य बीमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पतालहरु पनि समावेश गरेको छ ।

समावेश गरिएको अस्पतालहररुको सुची सन्राइज बैंकको औपचारीक वेभसाइटमा हेर्न सकिने बैंकले जनाएको छ ।

सनराइज बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरू अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रूपैयाँ वा बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने  छन्।

बिगतका योजना अनुसार बर्षमा एक चोटी बीमा दाबी गर्न सकिन्थ्यो भने चैत १, २०७५ सालदेखि ग्राहकको सुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बीमा दाबी गर्न सक्ने योजना अगाडी ल्याएको छ ।

साथै सनराइज बैंकका बचतकर्ताहरूले ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालहररुमा २० प्रतिशतसम्म छुट दिदै आएका छन्।

यसअघि  बैंकले भारत स्थित Apollo Hospital/ BLK Super Speciality/ Nanavati Super Sperciality हस्पिटलसँग पनि सम्झौता गरेको थियो । सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहकले यी अस्पतालको विभिन्न सेवा सुविधाहररुमा अधिकतम ५० प्रतिशतसम्म छुट पाउने ब्यबस्थामा सम्झौता गरिसकेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)भित्र आम चुनावप्रति ठूलो त्रास देखियो । चुनाव उठेका उम्मेदवारको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४