back
CTIZAN AD

प्राविधिक शिक्षा पढेका युवाको कृषिबाटै नाम, दाम र इज्जत

वि.सं.२०७५ चैत १४ बिहीवार

621 

shares

१४ चैत, घोडाघोडी ।  गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बनेका छन् – कैलालीको घोडाघोडी नगरपालिका-४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढेँका रमेश चौधरी भने व्यावसायिक किसान बनेर वार्षिक लाखौँ कमाउछन् ।

प्राविधिक शिक्षा पढेका चौधरीको मन कहिले नोकरीमा गएन । सानैबाट खेतीपातीमा रमाउने चौधरी परिश्रममा विश्वास गर्ने भएका कारण विदेशी भूमिमा भन्दा आफ्नै माटोमा सफलता खोज्न लागिपरिरहेका छन् । आफ्नै माटोमा भविष्य खोज्न सफल भएका छन् ।

कृषिप्रतिको लगावकैै कारण उनी अहिले व्यावसायिक रूपमा तरकारी र कुखुरापालनमा व्यस्त छन् । विद्यालय अध्यापनमा मध्यमखालका उनलाई बुबाले पढाइ जारी राख्न दबाब दिरहन्थे । उनको भने पढाइभन्दा खेतीपातीमा बढी ध्यान थियो । पढीलेखी राम्रो ठाउँमा जागिर खाला भन्ने उनका बुबाको सपना पूरा गर्न नसके पनि व्यावसायिक किसान बनेर अहिले छोराले राम्रो आम्दानी गर्न थालेका कारण बुबा रामलाल पनि खुशी छन् । १८ महीने कृषि जेटिए पढेका उनी विगत तीन वर्षदेखि तरकारी र कुखुरापालनमा सक्रिय छन् ।

घोडाघोडी नगरपालिकास्थित सीताकुण्ड माध्यमिक विद्यालयको जमीन भाडामा लिएर व्यावसायिक रुपमा कृषिमा लागेका उनी तरकारी र कुखुरापालनबाट गतिलो आम्दानी गर्दै आएका छन् । उनले पाँच बिघा १७ कठ्ठामा विभिन्न जातका मौसमी र बेमौसमी तरकारी फलाएर गाउँकै अगुवा किसान बनेका छन् । उनको बारीमा काउली, बन्दगोभी, गोलभेँडा, भेडेखुर्सानी, भन्टा, फर्सी, काँक्रालगायतका तरकारी छन् ।

तरकारीबाट मात्रै महीनामा रु ३० हजारको आम्दानी गर्दै आएका उनी तरकारीसँगै कुखुरापालन र केराखेती पनि गर्दै आएका छन् । “१० कठ्ठामा केराखेती गरेको छु, राम्रै आम्दानी भएको छ”, चौधरीले भने, “एक पटकमा चार हजार ५०० कुखुराका चल्ला हाल्छु । पोल्टीफार्मबाट पनि वार्षिक सरदर रु २० लाख आम्दानी हुने गरेको उनले बताए ।

पाँच लाख लगानीबाट कुखुरापालन शुरु गरेका उनले एक वर्षयतादेखि बरुण पोल्टी सप्लायर्स सञ्चालन गरी किसानलाई दाना र चल्ला दिँदै आएका छन् । उनले पालेका लेयर्स जातका कुखुरा कृषिक्षेत्रमा कार्यरत सङ्घसंस्थाले खरीद गरी लैजाने गरेका छन् ।

“गतवर्ष बजार व्यवस्थापन नहुँदा तरकारी कुहिएर खेर गएको थियो”, उनले भने, “अहिले भने बजारको समस्या कम भएको छ ।” युवालाई कृषिमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले हाम्रो हात नेपाल र सशक्तीकरण युवा सहयोग नेपाली संस्था खोलेको उनले बताए ।

वि.सं.२०७५ चैत १४ बिहीवार ०९:२९ मा प्रकाशित

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...