back

मन्त्री मगरले सोधिन्–’रन्जु दर्शना, मेरो चरित्र हत्याको जिम्मेवारी लिन तयार हुनुहुन्छ ?’

वि.सं.२०७५ चैत १४ बिहीवार

39 

shares

१४ चैत, काठमाडौं । खानेपानी मन्त्री विना मगरले विवेकशील नेपालकी नेतृ रन्जु दर्शनालाई आफ्नो चरित्र हत्या गरेकोमा त्यसको जिम्मेवारी लिन तयार रहन आग्रह गरेकी छन् ।

नेतृ रन्जु दर्शनाले मन्त्री विना मगरविरुद्ध अनियमितताको आरोपमा अख्तियारमा उजुरी हालेको कुरा सार्वजनिक भएपछि मन्त्री मगरले आफूले भ्रष्टाचार गरेको प्रमाण भए कारबाही भोग्न तयार रहेको बताउँदै यदि प्रमाणित नभएमा आफ्नो चरित्र हत्याको जिम्मा नेतृ दर्शनाले लिने कि नलिने भन्ने प्रश्न गरेकी छन् ।

नेतृ दर्शनाले अख्तियारमा उजुरी हालेकोमा प्रत्येक नागरिकको अधिकार रहेको र त्यसको सम्मान गर्ने बताउँदै मन्त्री  मगरले भनेकी छन्–‘ अख्तियारमा उजुरी गर्न पाउनु प्रत्येक नेपालीको अधिकार हो, म त्यसको सम्मान गर्छु । तर, त्यसका लागि तथ्य प्रमाण आवस्यक पर्दछ । केही समयअघि रञ्जु दर्शनाले आफ्नो चरीत्र हत्या भएको भन्दै गुनासो गरेकी थिइन् । मेलम्ची आयोजनामा मैले अनियमितता भएको प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु । यदि अनियमितता भएको प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु । यदि अनियमितता भएको प्रमाणित भएन भने मेरो चरीत्र हत्या गरेको जिम्मेवारी लिन तपाइ रन्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहान्छु । म विनम्रतापूर्वक आग्रह गर्दछु आफ्नो स्वार्थपूर्तिका लागि कसैमाथि चरित्र हत्या गर्ने अधिकार उनलाई छैन । यो चरित्रहत्या मेराविरुद्ध मात्र नभएर निष्ठा र समपर्णको राजनीति गर्नेहरुमाथिको आक्रमण हो ।’

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको प्रगतिलाई लिएर आफू र आफ्नो परिवारमाथि आक्रमण गर्ने राजनीतिक हतियार बनाइएको भन्दै त्यसको निन्दा समेत गरेकी छन् । ‘मेलम्ची आयोजनामा मन्त्रीको हैसियतले अख्तियार दुरुपयोग गरेको हेर्ने निकाय छन् । तिनको आफ्नै विधि र प्रक्रिया छ, म सधै त्यसको पक्षमा रहन्छु ।’ मन्त्री मगरले विज्ञप्तिमा भनेकी छन् ।

वि.सं.२०७५ चैत १४ बिहीवार ०९:४० मा प्रकाशित

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

काठमाडौैँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...