back
CTIZAN AD

डब्लूटीओको सुधार निम्न आय भएका मुलुकको लाभका लागि : झोउ

वि.सं.२०७५ चैत १४ बिहीवार

678 

shares

१४ चैत, बोआओ, चीन ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लूटीओ) का कार्यक्रममा हुने सुधारबाट निम्न आय भएका विकासोन्मुख राष्ट्रले विश्व व्यापार प्रणालीबाट लाभ लिने एशियाका लागि बोआओ फोरमका उपप्रमुख झोउ सिओचुआनले बताएका छन् ।

चीनको केन्द्रीय बैंकका पूर्व प्रमुख झोउले वार्षिक बोआओ सम्मेलनका क्रममा समूहगत छलफलमा बोल्दै भने, “डब्लूटीओमा सुधारको आवश्यकता महसुस भएको यस प्रक्रियामा इमान्दारिताको जरूरी हुनेछ ।”

“यदि धेरै मुलुकले अझै बहुपक्षीयताको पक्षमा रहेमा यो सहमतिमा पुग्नका लागि एउटा पूर्वशर्त हुनेछ,” झोउले भने ।

“यदि एक वा दुई ठूला अर्थतन्त्रले एकपक्षीयता वा धेरै दुईपक्षीय स्वतन्त्र व्यापार सहमतिको बाटो अँगाल्ने र यसैलाई विश्वव्यापारको प्रमुख आधार मान्ने हो भने डब्लूटीओको सुधारले थप चुनौती तथा जटिलताको सामना गर्नेछन् ।”

झोउले भन्नुभयो चीन एक विकासोन्मुख मुलुकका रूपमा उसले आफ्नो मात्र हितका लागि सुधारको वकालत गरेको छैन यो त समग्र विकासोन्मुख विश्वको हितका लागि बोलिरहेको छ र चीनले यस प्रकारको छलफललाई विश्व फोरममा निरन्तरता दिनेछ ।

बिएफए वार्षिक सम्मेलन चीन दक्षिणी टापु हैनानको तटीय शहर बोआओमा यही मार्च २६ मा शुरू भई मार्च २९ सम्म चल्नेछ । विभिन्न ६० मुलुकबाट करिब दुई हजार प्रतिनिधि सम्मेलनमा सहभागी भइरहेका छन ।

गुगल फोटो :

वि.सं.२०७५ चैत १४ बिहीवार १०:२६ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...