back
CTIZAN AD

चिनियाँहरू पढाइका लागि समुद्रपार जाने क्रम बढ्दो

वि.सं.२०७५ चैत १४ बिहीवार

723 

shares

१४ चैत, बेइजिङ, चीन ।  चिनियाँ विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने क्रममा हरेक बर्ष वृद्धि हुँदै आएको देखिएको छ ।

चीनको शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक एक तथ्याङ्कमा सन् २०१८ मा अध्ययनका लागि विदेश गएका विद्यार्थीको सङ्ख्या छ लाख ६२ हजार १०० पुगेको जनाएको छ । यो सङ्ख्या अघिल्लो बर्षभन्दा ५३ हजार ७०० बढी हो ।

विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूमा ६५ हजार ८०० लाई सरकारद्वारा सहयोग भएको र पाँच लाख ९६ हजार ३०० विद्यार्थीले आफै लगानी गरी विदेशमा पढ्न गएका मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सन् २०१८ मा पाँच लाख १९ हजार ४०० विद्यार्थीले विदेश गएर अध्ययन गरी फिर्ता भएका छन् जुन सङ्ख्या अघिल्लो बर्षभन्दा ३८ हजार ५०० ले बढी भएको मन्त्रालयले जानकारी गराएको छ ।

सन् १९७८ को अन्त्यपछि समुद्रपार गई अध्ययन गर्ने चिनियाँको सङ्ख्यामा वृद्धि भएको हो । चीनले खुला अर्थतन्त्रलाई अङ्गिकार गरेसँगै चिनियाँ विद्यार्थी विदेशमा गएर पढ्ने वैध बाटो खुलेको थियो ।

सन् १९७८ देखि सन् २०१८ को अन्त्यसम्ममा विदेशमा अध्ययनका लागि गएका विद्यार्थीको सङ्ख्या झण्डै ५० लाख ८६ हजार पुगेको छ । तीमध्ये अझै १५ लाख ३० हजार विद्यार्थीहरू अध्ययन तथा अनुसन्धानका शिलशिलामा विदेशी भूमिमा नै रहेका छन् ।

तीमध्ये ४० लाख ३२ हजारले आफ्नो अध्ययनलाई पूरा गरिसकेका छन् । तीमध्ये ३६ लाख ५० हजार विद्यार्थीले अध्ययनपश्चात रोजगारीका लागि स्वदेश रोजेका मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७५ चैत १४ बिहीवार १०:३३ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...