back
CTIZAN AD

मोदीको चुनावी प्रचार अभियान बिहिबार(आज) शुरू हुने

वि.सं.२०७५ चैत १४ बिहीवार

654 

shares

१४ चैत, जम्मु काश्मिर, भारत ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्ने भएका छन् ।

उनकोे अभियान जम्मु काश्मिरबाट सुरु हुने भारतीय जनता पार्टी (भाजपा)का महासचिव राम माधवले बुधबार जानकारी दिएका थिए ।

“प्रधानमन्त्री मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्नुहुनेछ, र अभियानका लागि उहाँ जम्मु काश्मिरमा आउने कार्यक्रम रहेको छ,” राम माधवले भने ।

प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियान जम्मु काश्मिरबाट सुरु गर्नुले पनि यस ठाँउप्रतिको मोदीको चासो प्रष्ट र पुष्टि हुने उनकोे भनाई छ ।

केही क्षेत्रीय पार्टीहरूले भने नगरपालिका र पञ्चायतको निर्वाचन भने बहिस्कार गर्ने घोषणा गरेका छन् ।

“ती पार्टीहरुले बहिस्कार गरेको निर्वाचन मार्फत् तल्लो तहबाट उनीहरु नेता चाहेका छैनन्, त्यसैले उनीहरुले बहिस्कार गरेका हुन्,” उनले भने ।

सन् २०१४ मा भएको निर्वाचनमा यस राज्यमा भाजपा विजयी भएको थियो । जम्मु, उदामपुर र लाडाख गरी तीन सिटमा विजयी भएको हो ।

अहिले जम्मु र काश्मिरमा लोक सभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ । अप्रिल ११ बाट सुरु भइ अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुने भएको छ ।

वि.सं.२०७५ चैत १४ बिहीवार १०:३९ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...