back
CTIZAN AD

भावुक हुँदै वलीकी श्रीमती भन्छिन्-‘मेरो श्रीमानमा ७ वटा रोग छ’

वि.सं.२०७५ चैत १५ शुक्रवार

711 

shares

१५ चैत, काठमाडौं ।  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली चैत ९ गतेदेखि ललितपुरको प्रहरी परिसरको हिरासतमा रहेका छन् ।

सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्धपछि देशभरीबाट विप्लव समूहका नेता तथा कार्यकर्ताहरु पक्राउ पर्ने क्रम जारी छ ।

त्यसै क्रममा चैत्र ८ गते हेमन्त प्रकाश वली ‘शुर्दशन’ सहित ८ जना कार्यकर्तालाई काभ्रे प्रहरीले पक्राउ गरेको थियो ।

आफ्ना श्रीमान ललितपुर प्रहरी परिसरमा रहेको अवस्थामा वलीकी श्रीमती अम्बिका चन्दले शुक्रबार सामाजिक संजाल फेसबुकमा भावुक हुँदै हिरासतमा राखिएका शुदर्सनको स्वास्थ्य अवस्था निकै कमजोर भएको बताएकी छन् । वली ७ वटा रोगको विरामी रहेको बताउँदै भनेकी छन्, ‘उहाँ ७ वटा रोगको बिरामी हुनुहुन्छ, सुगर, प्रेसर, कोलेस्ट्रोल, प्रोस्टेट, युरिकएसिड बाहेक टाउको र आँखा दुख्ने खाना नपच्ने ढाड र जोर्नीको दुखाइ बढीरहेको थियोे ।’


‘सुदर्शनकै पुर्व सहयोद्धाहरु (जो आलिसान बंङगला र महँगो गाडीमा सयर गर्छन) ले नै आज शुदर्सन जस्तो इमान्दार, निष्ठावान, होनहार व्यक्तिको हातमा हत्कडी लगाएका छन । असल मान्छे बस्ने ठाउँ जेल (हिरासत) हो, बहादुर छोराछोरीका लागि जेल हिरासत ट्रान्जिट पोइन्ट हो ।’ चन्दले लेखेकी छन् ।


सामाजिक संजालबाट लिइएको उनको स्टाटस जस्ताको तस्तै
नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी जनयुद्धका एक होनहार ब्यक्ति, आफ्नो कडा र निरन्तर मेहनतले राजनीतिक र दार्शनिक छवि बनाउन सफल ब्यक्ति, २०५२ सालमा जनयुद्ध थालनी गर्दा रुकुम राडी चौकी माथी गरिएको सफल आक्रमणका कमिसार हुँदै पछि जनमुक्ति सेनाको डिभिजन कमिसार सम्म, कसैको दयाले नभै आफ्नो मेहनतले माओवादी पार्टीको माथिल्लो तहमा पुग्न सफल, सहिदका पिता समेत रहेका ब्यक्ति , हाल बिप्लवले नेतृत्व गरेको नेकपाका स्थायी समिति सदस्य मेरो प्यारो दिलको राजा जिबन साथी हेमन्त प्रकाश ओलि सुदर्शन यही चैत ९ गतेदेखि ललितपुरको प्रहरी परिसरको हिरासतमा रहेको सबैलाई जानकारी छ ।

सुदर्शन कै पुर्ब सहयोदाहरु (जो आलिसान बङगला र महङ्गो गाडिमा सयर गर्छन्) ले नै आज सुदर्शन जस्तो इमानदार ,निष्ठाबान ,होनहार ,ब्यक्तिको हातमा हत्कडी लगाएका छन । मलाई लाग्छ असल मान्छेको बस्ने ठाँउ जेल हिरासत हो,बहादुर छोराछोरीको लागि जेल हिरासत ट्रान्जिट प्वाइन्ट हो ।
अर्को कुरा सुदर्शनको स्वास्थ्यस्थिति निकै कमजोर छ । उहाँ ७ वटा रोगको बिरामी हुनुहुन्छ, सुगर, प्रेसर ,कोलेस्ट्रोल,प्रोस्टेट,युरिकएसिड बाहेक टाउको र आँखा दुख्ने खाना नपच्ने ढाड र जोर्नीको दुखाइ बढीरहेको थियोे । केही महिना अगाडि चिकित्सकहरुले कम तनाव लिन मानसिक काम कम गर्न, खान पान मिलाउन र शारिरीक अभ्यास गर्न सल्लाह दिएका थिए ।

तर उहाँ घरमा पढ्न लेख्ने बाताबरण नहुने र माओको अङ्ग्रेजी संस्करण नेपालीमा उल्था गर्नु छ भनेर जानुभएको थियोे । उहाँको सुरक्षा संबेदनसिलता छ भनेपछि कहाँ बस्ने कहाँ जाने भन्नेमा मलाई थाह थिएन । तर ९ गते बिहान मेरा साथिहरुले अनलाईनमा समाचार हेरेर भनेपछि मात्र मलाई उहाँको गिरफ्तारी बारे जानकारी भएको थियो । हिजो मात्र उहाँको ब्लड प्रेसर नियन्त्रणमा थिएन । म कामना गर्दछु तपाईंको स्वास्थ्यमा सुधार आओस् ।’

वि.सं.२०७५ चैत १५ शुक्रवार ०९:१२ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...