back
CTIZAN AD

थाइल्याण्डमा प्रचा रथलाई धेरै मत, फेउ थाईका धेरै सांसद विजयी

वि.सं.२०७५ चैत १५ शुक्रवार

663 

shares

१५ चैत, बैंकक ।  थाइल्याण्डमा गत आइतबार भएको मतदानबाट पालङ प्रचा रथ पार्टीले सबैभन्दा धेरै मत पाएको छ ।

निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पालङ पार्टीले सबैभन्दा धेरै मत पाए पनि फिउ थाइ पार्टीले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको छ ।

देशभरको मतगणना सम्पन्न भएपछि आयोगले पालङ पार्टीले ८४ लाख ३० हजार मत प्राप्त गरेको छ भने त्यसलाई पछ्याउँदै फिउ थाइ पार्टीले ७९ लाख २० हजार मत पाएको छ ।

मतका आधारमा तेस्रो भएको फ्युचर फरवार्ड पार्टीले ६२ लाख ६० हजार मत पाएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।

त्यसैगरी डेमोक्रेट्स पार्टीले ३९ लाख ४० हजार मत ल्याउँदा भुम्जै थाई पार्टीले ३७ लाख ३० हजार मत पाएको छ ।

पार्टीतर्फको मत प्रचा रथले सबैभन्दा धेरै पाए पनि सांसद नै विजयी हुनेको सङ्ख्या भने फिउ थाईको सबैभन्दा बढी रहेको छ ।

कूल पाँच सय सीटमा फिउ थाइले सबैभन्दा धेरै अर्थात् १३७ सिटमा जित हासिल गरेको छ भने पालङ प्रथा रथले ११८ सिट जितेको छ ।

त्यसैगरी फ्युचर फरवार्ड पार्टीले ८८ सिट जित्दा डेमोक्र्याटस् र भुम्जै थाई पार्टीले ५० भन्दा बढी सिटमा मात्रै विजयी भएको छ ।

थाइल्याण्डको संसदको तल्लो सदनमा ३५० जना प्रत्यक्ष निर्वाचित र १५० जना पार्टीबाट निर्वाचित गरी ५०० जना सांसद रहन्छन् भने माथिल्लो सदनमा २५० जना सेनाले मनोनीत गर्ने व्यवस्था रहेको छ । केही वर्ष अगाडि सेनाले नै बनाएको संविधानमा २५० जना सेनाले सांसद मनोनीत गर्ने व्यवस्था गरिएको हो ।

सन् २०१४ मा भएको सैनिक “कू” पछि थाइल्याण्डमा गत आइतबार पहिलो पटक आम निर्वाचन भएको हो ।

पटकपटक सरेर भएको निर्वाचनको निष्पक्षता र वैधानिकतामाथि भने विभिन्न क्षेत्रबाट अहिले पनि प्रश्न उठाइएको छ ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा, कतिपय स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायतले मतदान र मतगणनामा त्रुटी रहेको दाबी गरेका छन् । उनीहरूले देशव्यापी रूपमा मतदातालाई लोभ, त्रास र प्रभावमा पारेको बताएका छन् ।

विवादका बीचमा पनि नतिजा सार्वजनिक भएको छ भने सात पार्टीले बुधबार नयाँ गठबन्धन बनाएका छन् ।

सबैभन्दा धेरै सिटमा विजयी हासिल गरेको फिउ थाइ पार्टीकै नेतृत्वमा गठबन्धन गराइएको हो । गठबन्धनमा स्वेच्छिक निर्वासनमा रहनु भएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको समर्थन रहेको फिउ थाई पार्टीसहित अन्य छ पार्टी रहेका छन् ।

सो गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा सुदारात केयुराफानलाई अगाडि सारिएको छ । गठबन्धनले छिट्टै नै सरकार बनाउने प्रयास गर्ने उनले बताए ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ०९:४८ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...