back

स्मोलेट मुद्दालाई एफबिआई तथा न्याय विभागले पुनः विचार गर्न आवश्यक : ट्रम्प

वि.सं.२०७५ चैत १५ शुक्रवार

78 

shares

१५ चैत, वासिङटन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘घृणा अपराध’लाई प्रोत्साहन गरेको आरोप लागेका अमेरिकी टेलिभिजन कलाकार जुसी स्मोलेटका सबै आरोपमाथि सफाई दिने इलिनोइसका अभियोजनकर्ताहरूको निर्णयलाई पुनः मुल्याङ्कन गरिने सम्भावना व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै भनेका छन्, “ एफबिआई र न्याय विभागले सिकागोमा दर्ता जुसी स्मोलेटमाथि लागेको घृणित मुद्दाबारे पुनः मुल्याङ्कन गर्नेछ । यो हाम्रो राष्ट्रको लज्जाको बिषय बनेको छ ।”

अभियोजनकर्ताहरूले स्मोलेटमाथि लागेका गम्भीर खालका सबै १६ आरोपलाई सामुदायिक सेवाप्रति उत्तरदायी बन्ने र १० हजार अमेरिकी डलर जरिवाना तिर्ने सहमतिमा स्थगित गरिएको बताएका थिए ।

तर स्मोलेटका वकीलहरूले यस प्रकारको सहमति नभएको तर राज्यद्वारा मुद्दा खारेज गरेको बताएका छन् । उनीहरूले हतारमा निर्णय सुनाइँदा ‘प्रसिद्ध’ टेलिभिजन कलाकार स्मोलेट पीडित बनेको उहाँका वकीलहरूले बताएका छन् ।

फक्स संगीत नाटक ‘साम्राज्य’ का मुख्य कलाकार छत्तिस बर्षीय स्मोलेटसहित ताराजी पी हेनसनविरूद्ध ख्याति र पैसाका लागि उनी सिकागोस्थित घरमा रहेका समय दुई नकाबधारी व्यक्तिले रातिमा आक्रमण गरेको झुट्टो खबर प्रहरीलाई गरेका थिए ।

अफ्रिकी अमेरिकी समुदायका समलिङ्गी स्मोलेटले उक्त घटनामा आफू निर्दोष रहेको सार्वजनिक रूपमा बताउँदै आएका छन् ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ०९:५६ मा प्रकाशित

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

  टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक...

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

भेन्टियान । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका...

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

लन्डन  । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई...

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...