back
CTIZAN AD

स्मोलेट मुद्दालाई एफबिआई तथा न्याय विभागले पुनः विचार गर्न आवश्यक : ट्रम्प

वि.सं.२०७५ चैत १५ शुक्रवार

612 

shares

१५ चैत, वासिङटन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘घृणा अपराध’लाई प्रोत्साहन गरेको आरोप लागेका अमेरिकी टेलिभिजन कलाकार जुसी स्मोलेटका सबै आरोपमाथि सफाई दिने इलिनोइसका अभियोजनकर्ताहरूको निर्णयलाई पुनः मुल्याङ्कन गरिने सम्भावना व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै भनेका छन्, “ एफबिआई र न्याय विभागले सिकागोमा दर्ता जुसी स्मोलेटमाथि लागेको घृणित मुद्दाबारे पुनः मुल्याङ्कन गर्नेछ । यो हाम्रो राष्ट्रको लज्जाको बिषय बनेको छ ।”

अभियोजनकर्ताहरूले स्मोलेटमाथि लागेका गम्भीर खालका सबै १६ आरोपलाई सामुदायिक सेवाप्रति उत्तरदायी बन्ने र १० हजार अमेरिकी डलर जरिवाना तिर्ने सहमतिमा स्थगित गरिएको बताएका थिए ।

तर स्मोलेटका वकीलहरूले यस प्रकारको सहमति नभएको तर राज्यद्वारा मुद्दा खारेज गरेको बताएका छन् । उनीहरूले हतारमा निर्णय सुनाइँदा ‘प्रसिद्ध’ टेलिभिजन कलाकार स्मोलेट पीडित बनेको उहाँका वकीलहरूले बताएका छन् ।

फक्स संगीत नाटक ‘साम्राज्य’ का मुख्य कलाकार छत्तिस बर्षीय स्मोलेटसहित ताराजी पी हेनसनविरूद्ध ख्याति र पैसाका लागि उनी सिकागोस्थित घरमा रहेका समय दुई नकाबधारी व्यक्तिले रातिमा आक्रमण गरेको झुट्टो खबर प्रहरीलाई गरेका थिए ।

अफ्रिकी अमेरिकी समुदायका समलिङ्गी स्मोलेटले उक्त घटनामा आफू निर्दोष रहेको सार्वजनिक रूपमा बताउँदै आएका छन् ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ०९:५६ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...