back

ढाकास्थित एक भवनमा आगलागी, १७ जनाको मृत्यु

वि.सं.२०७५ चैत १५ शुक्रवार

75 

shares

१५ चैत, ढाका, बङ्गलादेश । बङ्लादेशको राजधानी ढाकास्थित एक गगनचुम्बी महलमा बिहीबार आगलागी हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् ।

भवनमा काममा व्यस्त रहेका नागरिकहरूलाई समयमा उद्धार गर्न आवश्यक उद्धार सामग्रीको अभाबमा धेरै व्यक्तिले ज्यान गुमाउनु परेको एक प्रत्यक्षदर्शीले जनाएका छन् ।

“आगलागीमा परी ज्यान गुमाउने मृतकको सङ्ख्या अहिलेसम्म १७ पुगेको छ,” अग्नी नियन्त्रक खर्सिद आलमले एएफपीलाई बताए ।

यद्यपि चिनियाँ समाचार संस्था, सिन्ह्वा न्यूज एजेन्सीले मृतकको सङ्ख्या १९ पुगिसकेको बताएको छ ।

समाचार तयार पार्दासम्म उद्धार कार्य जारी रहेको र आगोले जलेको अवस्थामा अस्पताल पु¥याइएका गम्भीर घाइतेको सङ्ख्या थुप्रै रहेकोले मृतकसङ्ख्या थप बढ्नसक्ने बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् ।

भवनमा आगलागी फैलिन थालेपछि कतिपय व्यक्तिले आत्तिएर भवनका माथिल्ला तलाबाटै हाम फालेका घटनास्थलमा प्रत्यक्षदर्शीले बताए ।

आगलागीबाट घाइते दर्जनौँ व्यक्तिलाई राजधानीस्थित विभिन्न अस्पतालमा उपचार भैरहेको छ । घटनाको कारणअ अझै खुल्न सकेको छैन ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ०९:५९ मा प्रकाशित

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...