
१५ चैत, काठमाडौ । नबिल बैंकले नेपाली महिलाहरूको लागि पुर्ण सेवाहरु सहितको एक विशेष नारी प्याकेजको शुरूवात गरेको छ ।
महिलाहरुप्रती विशेष सम्मान दर्साउने क्रममा, नबिल बैंकले बिहीबार देखि ‘नबिल नारी कार्यक्रम’ अन्तर्गत तीनवटा नया उत्पादनहरू शुरू गरेर महिलाहरूको लागि पूर्ण बैंकिङ सेवा प्रदान गर्ने शुरुवात गरेको छ ।
बैंकले चर्चित अभिनेत्री प्रियङ्का कार्कीलाई नबिल नारीको अग्रणीको रुपमा नियुक्त गरेको छ ।
बैंकले नेपाली महिलाहरुलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै नेपालमा महिला उद्यमशिलताको विकास गर्नको लागि आवस्यक पर्ने सबै वित्तिय आवस्यकता पुरा गर्नका लागि “नबिल नारी” अन्तर्गत नबिल प्रिमियम नारी बचत, नबिल नारी कर्जा र नबिल लघुउद्यम कर्जा जस्ता बचत खाता तथा कर्जा सेवाहरुको शुरुवात गरेको छ ।
नबिल प्रिमियम नारी बचतमा आकर्षक विशेषताका साथै नबिल स्मार्ट बैंक मोबाइल बैंकिङ, क्रेडिट कार्ड स्थानिय र अन्तराष्ट्रिय डिमाण्ड ड्राफ्ट \ स्विफ्ट ट्रान्सफर, लकर आदी जस्ता विशेष सुविधा सहितको प्रतिस्पर्धि वार्षिक ४.७५ प्रतिशत ब्याजदरमा खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।
त्यसका साथै बैंकले “नबिल नारी कर्जा” महिलाहरुको लागि प्रस्ताव गरेको बिशेष SME कर्जा हो । यसले महिलाहरुको उद्यमशिलताको प्रयासमा सहयोग गर्नको लागि वार्षिक ९.९९ प्रतिशतको प्रतिस्पर्धि ब्याजदरमा कर्जा प्रवाह गर्नेछ ।
नबिल नारी कर्जाको लागि चाहिने योग्यता :
प्राइभेट फर्मः महिलाको स्वामित्वमा रहेको
साझेदारी फर्मः महिलाको ५० प्रतिशत साझेदारी रहेको
कम्पनीः ५१ प्रतिशत महिलाको शेयर रहेको
नबिल नारी कर्जाका विशेषताहरुः
ब्याजदरः प्रतिवर्ष ९.९९ प्रतिशत एक वर्षको मुद्दति
कर्जाको आकारः रु ५ लाख देखी १ करोड ५० लाख सम्म
५०,००० को प्रारम्भिक सिमा सहितको मुख्य ब्यक्तिको लागि निशुल्क क्रेडिट कार्ड जारी गरिने
SMS मार्फत निशुल्क कारोवारको बारेमा जानकारी दिने
ई-मेल मार्फत मासिक रुपमा निशुल्क बैंक स्टेटमेण्ट प्रदान गरिने
५ कार्य दिन भित्र काम सम्पन्न हुने
कृषि तथा पशुपालन क्षेत्रको विकासका साथै महिलाको लागि स्वरोजगार र लघु उद्यम विकास गर्ने उदेस्यले नबिल बैंकले प्रत्यक्ष रुपमा बिपन्न क्षेत्रका लागि सहयोग गर्ने गरी अत्यन्तै न्युन वार्षिक ३।९४∞ को ब्याजदरमा भ्ःक्ष् को आधारमा ब्याजमा विशेष छुट सहितको महिला लघुउद्यम कर्जाको शुरुवात गरेको छ । यस कर्जा सुबिधाले कृषि, पशुपालन र अन्य उद्यमशिल ब्यवसायहरु मार्फत महिलाको उद्यमशिल शिप विकास गर्न, उत्पादनमा वृद्धि गर्न र रोजगारीको सृजना गर्नको लागि यो कर्जा सुविधा प्रदान गर्न लागिएको हो ।
महिला लघुउद्यम कर्जाका विशेषताहरुः
ब्याजदर प्रतिवर्ष : ३.९४ प्रतिशत
कर्जाको आकारः रु १५ लाख सम्म
अवधी ५ वर्ष सम्म
ऋणीको उमेर हदः १८-६५ वर्ष
स्विकृत भएको जानकारीः आवस्यक पर्ने सम्पुर्ण कागजपत्र पेश गरेको मिति देखी २१ कार्यदिन भित्र
धितो आवस्यक नपर्ने
थप शुल्क नलाग्ने
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भन्छन् – “हाम्रा नारीहरुको लागि प्रदान गरिएको बैँकीङ सुबिधाले सबै नेपाली महिलाहरुलाई आफ्नो सुरक्षित भविष्यको लागि अगाडी बढ्न, महिला उद्यमीहरुलाई आफ्नो प्रगति र विकासमा लगानी गरी आफु तथा आफ्नो परिवारका साथै ठुलो संख्यामा रहेको हाम्रो समाजलाई सबल बनाउने काममा अगाडी बढ्न प्रोत्साहन गर्नेछ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ । साथै महिलाले उच्च गुणस्तरको कर्जाको स्रोतमा पहुँच सहित सबल ब्यवसायको शुरुवात गर्न, गरिबीबाट छुट्कारा पाउनुका साथै राष्ट्रको आर्थिक विकासमा ठुलो योगदान कर्ताको रुपमा आफुलाई उभ्याउन सक्नेछन भन्ने कुरामा विश्वास लिएको छु ।
नबिल बैंकले ७५ शाखाहरु, १२८ एटिएम काउण्टर, १५०० भन्दा बढी रेमिट एजेण्ट सहितको ब्यापक स्थानीय सञ्जाल तथा संसार भरीका प्रशस्त सम्पर्क संस्थाहरुको माध्यमबाट देश विदेशमा आफ्नो सेवालाई बिस्तार गरि रहेको छ । यस बैंकले आफ्नो सबै सरोकार वालाहरु सँग साथै अगाडी बढ्ने कुरामा विश्वास गर्दछ ।
वि.सं.२०७५ चैत १५ शुक्रवार १०:५७ मा प्रकाशित





























