back
CTIZAN AD

अमेरिकामा पढ्दै गगन थापा, अमेरिकी एम्बेसीद्धारा खुसी व्यक्त

वि.सं.२०७५ चैत १५ शुक्रवार

741 

shares

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापा अध्ययनका लागि अमेरिका पुगेका छन् ।

थापा ‘एक्काइसौं शताब्दिको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शिर्षक रहेको कोर्षको अध्ययनका लागि अमेरिका पुगेका हुन् ।

अमेरिकाको हार्वड विश्वबिद्यालयस्थित हार्वर्ड केनेडी स्कूलमा छोटो अवधिको अध्ययनका लागि पुगेका थापाको अध्ययन रमाइलो बनोस् भनेर नेपाल स्थित अमेरिकी दूतावासले खुसी व्यक्त गरेको छ ।

एम्बेसीले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै उनलाई ए प्लसका लागि शुभकामना समेत दिएको छ ।

एम्बेसीको स्टाटस जस्ताको तस्तै
‘हेर्नुस् त, कक्षामा को छ ? नेपाली सांसद गगन थापा अमेरिकाको हावर्ड विश्वबिद्यालयस्थित हार्वर्ड केनेडी स्कूलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकको कोर्स गर्न पुग्नुभएको छ । वहाँ भन्नुहुन्छ, ‘मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जस्ले युवा रहन सहयोग गर्छ । सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महशुष गरीरहेको छु । एकदमै रमाइलो लागेको छ ।’ ध्भ धष्कज जष्m बल ब्ं तष्mभ१ हामी वहाँलाई रमाइलो सिकाइको कामना गर्दछौं ।’

वि.सं.२०७५ चैत १५ शुक्रवार १०:५० मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...