back
CTIZAN AD

कुन-कुन देशका एनआरएनए खेलाडी सहभागी हुँदै छन् त राष्ट्रिय खेलकुदमा ?

वि.सं.२०७५ चैत १५ शुक्रवार

804 

shares

१५ चैत, काठमाडौँ । प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूदमा विभिन्न खेलमा २४ गैरआवासीय नेपाली सङ्घ (एनआरएन) खेलाडीले सहभागिता जनाउने भएका छन् ।

गैरआवसीय नेपाली सङ्घका अनुसार विभिन्न सात मुलुकबाट नौ खेलमा २४ खेलाडीले सहभागिता जनाउने छन् । सङ्घका अनुसार अमेरिका, संयुक्त अबर इमिरेट्स (युएई), मलेशिया, अष्ट्रेलिया, मकाउ, जापान र हङकङ गरी सात राष्ट्रका एनआरएन खेलाडीले कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिङमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो पटक राष्ट्रिय खेलकूदमा एनआरएन खेलाडीले सहभागिता जनाउन लागेका हुन् । सङ्घका अनुसार आठौँ खेलकूदमा प्रतिस्पर्धा गर्ने खेलाडीमा कराँतेको कुमुते पुरुषतर्फ विजय तामाङ (५० केजी मुनि), लक्ष्मण मगर (५५ केजी मुनि), उत्तम गुरुङ (६० केजी मुनि), ननबहादुर थापा (६५ केजी मुनि), जनकसिंह खड्का (७५ केजी मुनि), नोर्बु तामाङ (८४ केजी मुनि), लोकमानसिंह श्रेष्ठ (८४ केजीमाथि) रहेका छन् ।

त्यसैगरी टिम कुमुतेतर्फ कुमार भुसाल, लोकबहादुर श्रेष्ठ, रामबहादुर तामाङ, जनकसिंह खड्का, लोकमान सिंह श्रेष्ठ, महिला कुमुतेतर्फ शान्तिदेवी अधिकारी (६८ केजी मुनि), कराँतेको कातातर्फ विमला तामाङ, फुल कन्ट्याक्ट कराँतेमा अविरल घिमिरे (७० केजी) ले प्रतिष्पर्धा गर्नेछन् ।

त्यसैगरी जुडोमा मोहन बम (६० केजी), बक्सिङमा प्रचण्ड केसी (५६ केजी), टेनिस एकलमा अमृत पौडेल, संरक्षक बज्राचार्य, टेनिस युगलमा अमृत पौडेल र संरक्षक बज्राचार्यले प्रतिष्पर्धा गर्नेछन् । गल्फतर्फ लपकुमार गुरुङ –एकल), ब्याडमिन्टनमा बिक्की बुढा, सूर्य गिरी, हीरालाल श्रेष्ठ –एकल) र सूर्य गिरी, हीरालाल श्रेष्ठ (युगल) तथा एथ्लेटिक्समा नारी चन्द (फुल म्याराथन), तेक्वान्दोमा नवीन श्रेष्ठ (६८ केजी मुनि), पुष्प थापामगर (६७ केजी) मा प्रतिष्पर्धा गर्नेछन् ।

आठौँ राष्ट्रिय खेलकूद चैत अन्तिम साताबाट हुने बताइएको भएपनि मिति तोकिएको छैन ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ११:०० मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...