back

नेपाल हिन्दूराष्ट्र बन्न सक्दैन : काङ्ग्रेस उपसभापति निधि

वि.सं.२०७५ चैत १५ शुक्रवार

39 

shares

१५ चैत, चितवन । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको बताए ।

पार्टीकै महामन्त्रीले सार्वजनिक कार्यक्रममा हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने बताउनुभएको छ नि भन्ने प्रश्नमा उपसभापति निधिले आफूलाई यसबारेमा कुनै जानकारी नभएको र पार्टी हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको जिकिर गरे ।

राजतन्त्र सम्बन्धी अर्कोे एक प्रश्नको जवाफमा उनले भने, “नेपालमा राजतन्त्र आउँछ भन्ने कसैले दिवा सपना देख्छ भने पनि यो भ्रममा हाम्रो भन्नु केही छैन ।”
लगानी सम्मेलन नेपाली काङ्ग्रेसकै नेतृत्वमा शुरु भएको भन्दै उपसभापति निधिले आजदेखि शुरु भएको लगानी सम्मेलन सफल पार्नुपर्ने बताए । उनले भने, “नेपालमा लगानीकर्ता आउन् र समृद्धिका विभिन्न योजनामा स्वदेशी तथा विदेशीले लगानी गरुन् भन्ने हाम्रो चाहना हो तर सरकारले जुन किसिमको गृहकार्य गर्नुपर्ने हो त्यो हुन नसकेको छैन ।” पार्टीलाई सङ्गठित बनाएर लैजान आउँदो नयाँ वर्षसँगै राष्ट्रिय जागरण अभियान शुरु गरिने जानकारी दिँदै उपसभापति निधिले अनुशासन समितिले आफ्नो काम प्रारम्भ गरिरहेको र विधानबमोजिम नै सो समितिले आफ्नो अधिकार प्रयोग गर्ने बताए ।

वि.सं.२०७५ चैत १५ शुक्रवार १३:२३ मा प्रकाशित

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

काठमाडौैँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...