back
CTIZAN AD

व्यवसायी भन्छन्–‘मलेसियाबाट आएको स्वास्थ्य परीक्षण मापदण्ड राष्ट्रघाती’

वि.सं.२०७५ चैत १५ शुक्रवार

558 

shares

१५ चैत, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मलेसिया अप्ठयारोमा फलेको फर्सी जस्तै भएको छ ।

मन्त्रालयले नयाँ माग ल्याउन स्वीकृति दिएपनि माग आउने सम्भावना तत्कालका लागि असम्भव जस्तै छ । पुरानो मागको सम्बन्धमा पनि स्वार्थ समुहका स्वार्थ बिच टकराव हुँदा हजारौ युवाहरुको भविष्य अप्ठयारोमा परेको छ । मलेसियामा चिनियाँ नयाँवर्ष सँगै श्रमिक आपूर्ति सम्बन्धी मागको योजना बनाइने र सोही आधारमा एक वर्ष भरी श्रमिकको आपूर्ति हुने भएकोले नेपालले तत्कालै नयाँ माग पाउने सम्भावना कम रहेको वैदेशीक रोजगार व्यवसायीहरुले बताएका छन् ।

यसैबिच मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षण सम्बन्धी कार्यविधि पनि विवादमा पर्ने देखिएको छ । मन्त्रालयले यस्ता स्वास्थ्य संस्थाको दर्ता आवहान गरे सँगै पुराना स्वास्थ्य व्यवसायीहरु यसको विरोधमा उत्रिएका छन् ।


चैत २ गते अघि नै नविकरण भएर स्वास्थ्य परीक्षणको काम गरीराखेका स्वास्थ्य संस्थाहरुलाई नविकरण गर्नुपर्ने मन्त्रालयको सूचनाको विरोध भएको थियो । त्यसैले मन्त्रालयले पहिलो सूचनाको १२ घण्टा पनि नबित्दै नयाँ निर्णय गर्नु परेको मन्त्रालयका उच्च अधिकारीहरुले बताएका छन् । त्यसपछि पुराना २ सय २६ संस्थालाई नविकरण गर्नु नपर्ने गरी नयाँ निर्णय भएको बताइएको छ ।

यता सर्वोच्च अदालतमा मुद्धा विचाराधिन रहेकै समयमा बायोम्याट्रीकमा आवद्ध ३९ वटा स्वास्थ्य संस्था पनि नविकरण भएपछि यसले अर्को विवाद ल्याएको छ । अदालतको फैसलासम्म पनि नकुरी त्यस्ता संस्थाहरुलाई नविकरण गर्दा अदालतको मानहानी भएको केहि स्वास्थ्य परीक्षण व्यवसायीहरुले बताएका छन् । त्यस सम्बन्धी २१ जना पीडितहरुले त्यस्ता स्वास्थ्य परीक्षण गर्ने संस्थालाई कारवाही गर्न माग गरेर निवेदन समेत दिएका छन् ।
दर्ता नं.१९५८ मा मन्त्रालयमा मंसीर १२ गते दर्ता भएको निवेदनमा कुनै कारवाहि नभएको पीडितहरुको गुनासो छ ।

मन्त्रालयको पछिल्लो निर्णय कामदारको हितमा नरहेकोमा पीडितहरु निरास देखिन्छन् ।
अर्कोतर्फ मलेसिया सरकारले पठाएर मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य परीक्षण मापदण्ड पनि राष्ट्रघाति भएको भन्दै विरोध भएको छ । मापदण्डको अन्तिममा स्वास्थ्य परीक्षण सम्बन्धी संस्थाको अनुगमन मलेसियन सरकारले गर्न सक्ने व्यवस्थालाई राष्ट्रधाती भएको बताइएको छ ।

यसैगरी साउदी अरबमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था गामका नेपालको सिन्डीकेट कायमै राखिएको छ । वायोम्याट्रीकका विवादित संस्थाको पनि नविकरण तोड्न नसकेको मन्त्रालयले गाम्काका १२ वटा संस्थाको एकाधिकार अहिले सम्म कायम राखेको छ । वैदेशीक रोजगार व्यवसायी महेन्द्र शेरचनका आवद्धताका कारण गाम्कालाई कारवाही गर्न सरकार पछि हटेको बताइएको छ ।

वि.सं.२०७५ चैत १५ शुक्रवार १५:२५ मा प्रकाशित

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...