back
CTIZAN AD

भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थी आन्दोलित

वि.सं.२०७५ चैत १५ शुक्रवार

693 

shares

१५ चैत, सप्तरी । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा स्थगित भएपछि विद्यार्थी आन्दोलित भएका छन् । परीक्षार्थीको भविष्यसँग खेलवाड भइरहेको भन्दै विद्यार्थीले राजविराजमा विरोध प्रदर्शन गरेका थिए ।

परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि बिहीबारको विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो । सामाजिक विषयको प्रश्नपत्र पनि बिहीबार रातिनै सामाजिक सञ्जालमा आएपछि आजको परीक्षा पनि स्थगन गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ समितिका प्रमुख शङ्करराज लुइँटेलले जानकारी दिए । परीक्षा स्थगित भएपछि विद्यार्थीले नाराबाजी गर्दै जुलुशसहित राजविराज नगर परिक्रमा गरेका थिए । प्रहरी नायब उपरीक्षक भावेश रिमालले सुरक्षित साथ राखिएको प्रश्नपत्र सप्तरीबाट नभई अन्यत्रबाट नै बाहिरिएको बताए ।

“शिलबन्दी गरिएको प्रश्नपत्र परीक्षा शुरु हुनुभन्दा आधा घण्टा अघि मात्र परीक्षा केन्द्रमा पु¥याइने गरिन्छ”, उनले भने । शिक्षा एकाइ समन्वय समितिका प्रमुख लुइँटेलले पनि प्रश्नपत्र अन्यत्रबाटै बाहिरिएको बताए । एक दिनअगावै प्रश्नपत्र बाहिरिएपछि बिहीबार प्रदेश नं २ मा विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको निर्देशनमा शुक्रबारको परीक्षा पनि स्थगित गरिएको छ । आगामी दिनको परीक्षा स्थगित हुने वा सञ्चालन हुने भन्नेबारे विद्यार्थी दोधारमा छन् । मोबाइल र सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न विद्यालयका शिक्षकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

वि.सं.२०७५ चैत १५ शुक्रवार १८:०७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...