back
CTIZAN AD

जङ्गबहादुरको हतियार कारखानामा प्रहरीको छापा

वि.सं.२०७५ चैत १५ शुक्रवार

627 

shares
फाइल : फोटो

१५ चैत, राँझा । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५स्थित डिएसपी रोडमा हतियार बनाउने कारखानामा छापा मारेर प्रहरीले हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ ।

प्रदेश नं ५ प्रहरी अनुसन्धान समूह र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले कारखानामा छापा मारी हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा सात थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, ‘एयर गन’ एक थान, लामो स्प्रीङ तीन थान, आरनलगायत सामग्री बरामद गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।
उक्त कारखाना जङ्गबहादुर नेपालीले सञ्चालन गर्दै आएको पाइएकाले बरामद गरिएका हतियारसहित जङ्गबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले बताए ।

वि.सं.२०७५ चैत १५ शुक्रवार १८:२२ मा प्रकाशित

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली) । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र...

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको...

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज (पर्सा) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन...