back

ट्याक्सी ड्राइभरकै बेइज्जत गरे श्रेष्ठले, बेहोस बिरामीलाई घिसारेर सडकमा फ्याकिदिए

वि.सं.२०७५ चैत १६ शनिवार

96 

shares
NTC AD
Global IME AD

मृतक गोपाल कारन्जित

१६ चैत, काठमाडौं । संसारमा मानवियता विस्तारै हराएर जाँदैछ । जीवन जिउने क्रममा मानिसमा सबैभन्दा ठूलो मानवियता नै हुनुपर्छ । तर, मानिसले मानवियता नै बिर्सियो भने कसैको ज्यान पनि जान सक्छ भन्ने देखाएका छन् राजधानीका एक ट्याक्सी ड्राइभरले ।

उनले ट्याक्सी चलाउने हजारौं चालकमाथि अविस्वास जगाउने काम मात्रै गरेनन्, आफ्नै ट्याक्सीमा चढाएर ल्याएको बिरामीलाई सडकको छेउँमा फ्याकेर ज्यान लिएका छन् ।

सडकको छेउँमा कतै त्यस्ता अशक्त, वृद्धवृद्धा वा विरामीलाई देख्दा मानवियताको आधारमा उनीहरुलाई सम्बन्धीत ठाउँमा छोडिदिनु पनि उनीहरुको दायित्व, कर्तव्य मात्र नभई मानवियता हुन्छ । तर, ट्याक्सी ड्राइभर कमल श्रेष्ठले त बाटोमा हिडेको होइन, आफ्नै ट्याक्सीमा चढेर आउँदा बेहोस भएका बिरामीलाई अस्पताल नलगेर ट्याक्सीबाट घिसारेर फालिदिएको दृश्यले सबैलाई पीडा दिन्छ ।

के भएको थियो त ?
गोकर्णेश्वर निवासी गोपाल कारन्जित सुगर र प्रेसरका विरामी थिए । ६० वर्षीय कारन्जित बुधबार बिहान जाँच गराउन चाबहिलको मेडिकेयर अस्पताल गए भने छोरा प्रविण मोटर साइकलमा । बुबाको जाँच गराएपछि छोरा मोटरसाइकलमा फर्किएका थिए भने कमजोर महसुस गरेका कारन्जित ट्याक्सीमै फर्किए । उनले चालकलाई गोपिकृष्ण हलको बाटो हुँदै गोकर्णेश्वर स्थित घरमा पु¥याउन भनेका थिए ।

उनी ट्याक्सी चढेको केही समयमै बेहोस भए । तर चालकले उनलाई छेउमै रहेको अस्पताल लैजाने प्रयास समेत गरेनन् । बरु घिसारेर हेल्पिङ ह्याण्डस् अस्पताल अगाडिको सडक किनारमा झारिदिए र आफू भागे । स्थानीयले निकैबेर पछि प्रहरीलाई खबर गरेर उनलाई हस्पताल पठाए । त्यो बेला सम्म उनको मृत्यु भइसकेको थियो ।

बुबाको प्रतिक्षामा रहेका छोरा प्रवीणलाई अस्पतालबाट फोन आयो । उनी पुग्दा बुबाको मृत्यु भइसकेको थियो ।

बुबालाई सडकमा बेहोस अवस्थामा भेट्टाएर अस्पताल लगिएको उनले थाहा पाए । कसरी सडकमा ढले भनेर सिसिटिभी फुटेज हेर्दा प्रवीण मात्र होइन, प्रहरी अधिकारी समेत चकित भए । बा १ ख ३८५१ नम्बरको ट्याक्सी चालक कमल बहादुर श्रेष्ठले देखाएको संवेदनहीनताले जो कोहीलाई स्तब्ध बनाउँछ । सय मिटर परको अस्पताल हुँदाहुँदै पनि सिकिस्त बिरामीलाई उनले ट्याक्सीबाट घिसारेर फालिदिएको दृश्य शुक्रबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

सिसिटिभीकै आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ । शनिबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ चैत १६ शनिवार ०७:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...