back
CTIZAN AD

ट्याक्सी ड्राइभरकै बेइज्जत गरे श्रेष्ठले, बेहोस बिरामीलाई घिसारेर सडकमा फ्याकिदिए

वि.सं.२०७५ चैत १६ शनिवार

633 

shares

मृतक गोपाल कारन्जित

१६ चैत, काठमाडौं । संसारमा मानवियता विस्तारै हराएर जाँदैछ । जीवन जिउने क्रममा मानिसमा सबैभन्दा ठूलो मानवियता नै हुनुपर्छ । तर, मानिसले मानवियता नै बिर्सियो भने कसैको ज्यान पनि जान सक्छ भन्ने देखाएका छन् राजधानीका एक ट्याक्सी ड्राइभरले ।

उनले ट्याक्सी चलाउने हजारौं चालकमाथि अविस्वास जगाउने काम मात्रै गरेनन्, आफ्नै ट्याक्सीमा चढाएर ल्याएको बिरामीलाई सडकको छेउँमा फ्याकेर ज्यान लिएका छन् ।

सडकको छेउँमा कतै त्यस्ता अशक्त, वृद्धवृद्धा वा विरामीलाई देख्दा मानवियताको आधारमा उनीहरुलाई सम्बन्धीत ठाउँमा छोडिदिनु पनि उनीहरुको दायित्व, कर्तव्य मात्र नभई मानवियता हुन्छ । तर, ट्याक्सी ड्राइभर कमल श्रेष्ठले त बाटोमा हिडेको होइन, आफ्नै ट्याक्सीमा चढेर आउँदा बेहोस भएका बिरामीलाई अस्पताल नलगेर ट्याक्सीबाट घिसारेर फालिदिएको दृश्यले सबैलाई पीडा दिन्छ ।

के भएको थियो त ?
गोकर्णेश्वर निवासी गोपाल कारन्जित सुगर र प्रेसरका विरामी थिए । ६० वर्षीय कारन्जित बुधबार बिहान जाँच गराउन चाबहिलको मेडिकेयर अस्पताल गए भने छोरा प्रविण मोटर साइकलमा । बुबाको जाँच गराएपछि छोरा मोटरसाइकलमा फर्किएका थिए भने कमजोर महसुस गरेका कारन्जित ट्याक्सीमै फर्किए । उनले चालकलाई गोपिकृष्ण हलको बाटो हुँदै गोकर्णेश्वर स्थित घरमा पु¥याउन भनेका थिए ।

उनी ट्याक्सी चढेको केही समयमै बेहोस भए । तर चालकले उनलाई छेउमै रहेको अस्पताल लैजाने प्रयास समेत गरेनन् । बरु घिसारेर हेल्पिङ ह्याण्डस् अस्पताल अगाडिको सडक किनारमा झारिदिए र आफू भागे । स्थानीयले निकैबेर पछि प्रहरीलाई खबर गरेर उनलाई हस्पताल पठाए । त्यो बेला सम्म उनको मृत्यु भइसकेको थियो ।

बुबाको प्रतिक्षामा रहेका छोरा प्रवीणलाई अस्पतालबाट फोन आयो । उनी पुग्दा बुबाको मृत्यु भइसकेको थियो ।

बुबालाई सडकमा बेहोस अवस्थामा भेट्टाएर अस्पताल लगिएको उनले थाहा पाए । कसरी सडकमा ढले भनेर सिसिटिभी फुटेज हेर्दा प्रवीण मात्र होइन, प्रहरी अधिकारी समेत चकित भए । बा १ ख ३८५१ नम्बरको ट्याक्सी चालक कमल बहादुर श्रेष्ठले देखाएको संवेदनहीनताले जो कोहीलाई स्तब्ध बनाउँछ । सय मिटर परको अस्पताल हुँदाहुँदै पनि सिकिस्त बिरामीलाई उनले ट्याक्सीबाट घिसारेर फालिदिएको दृश्य शुक्रबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

सिसिटिभीकै आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ । शनिबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ चैत १६ शनिवार ०७:२७ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...