१६ चैत, विराटनगर । ऋण फिर्ता माग्दा दलित महिलालाई कालो मोसो दलेर सार्वजनिक ठाउँमा कुटपिट गर्नेहरु चार हजार धरौटीमा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले पारस लिम्बू, गोमा खड्का, उषा लिम्बू, विमला लिम्बू, प्रमिला लिम्बू र पथरी शनिस्चरे नगरपालिकाका बोर्ड सदस्य गीता विश्वकर्मालाई शुक्रबार जनही ४ हजार धरौटीमा छोडेको हो ।
उनीहरुले पथरी शनिश्चरे नगर पालिका ८ दोलु शुक्रबारे गाउकी ३० वर्षीया शारदा बराइलीलाई ५ चैतमा गाउँकै चौतारोमा मोसो दल्दै कुटपिट गरेका थिए । ऋण लिएको २ लाख माग्दा छिमेकी पारस लिम्बूको समूहले शारदालाई चरित्रहिनको आरोप लगाउँदै कुटपिट गरेको थियो ।
घटनामा संलग्न ओमनाथ बराइली, यशोदा थापा र ओममनी लिम्बू फरार रहेका छन् । शनिबारको नयाँपत्रिका दैनिकमा विराटनगरबाट गणेश लम्सालले लेखेका छन् ।
वि.सं.२०७५ चैत १६ शनिवार ०७:४१ मा प्रकाशित