back
CTIZAN AD

दलित महिलालाई कालोमोसो दलेर यातना दिने ४ हजार धरौटीमा रिहा !

वि.सं.२०७५ चैत १६ शनिवार

546 

shares

१६ चैत, विराटनगर । ऋण फिर्ता माग्दा दलित महिलालाई कालो मोसो दलेर सार्वजनिक ठाउँमा कुटपिट गर्नेहरु चार हजार धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले पारस लिम्बू, गोमा खड्का, उषा लिम्बू, विमला लिम्बू, प्रमिला लिम्बू र पथरी शनिस्चरे नगरपालिकाका बोर्ड सदस्य गीता विश्वकर्मालाई शुक्रबार जनही ४ हजार धरौटीमा छोडेको हो ।

उनीहरुले पथरी शनिश्चरे नगर पालिका ८ दोलु शुक्रबारे गाउकी ३० वर्षीया शारदा बराइलीलाई ५ चैतमा गाउँकै चौतारोमा मोसो दल्दै कुटपिट गरेका थिए । ऋण लिएको २ लाख माग्दा छिमेकी पारस लिम्बूको समूहले शारदालाई चरित्रहिनको आरोप लगाउँदै कुटपिट गरेको थियो ।

घटनामा संलग्न ओमनाथ बराइली, यशोदा थापा र ओममनी लिम्बू फरार रहेका छन् । शनिबारको नयाँपत्रिका दैनिकमा विराटनगरबाट गणेश लम्सालले लेखेका छन् ।

वि.सं.२०७५ चैत १६ शनिवार ०७:४१ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...