back
CTIZAN AD

लगानी सम्मेलन : सहभागी भन्छन्–‘नेपालले वैदेशिक लगानीका लागि उचित ढोका खोल्यो’

वि.सं.२०७५ चैत १६ शनिवार

537 

shares

१६ चैत, काठमाडौँ । नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालले नयाँ संविधान र राजनीति स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको जनाएका छन् ।

आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै उनीहरुले नेपालले सम्मेलन गरेर वैदेशिक लगानीका लागि उचित ढोका खोलेको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेको सो सम्मेलनको आज समापन हुँदैछ ।

नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत साडिक जाफेरले आफ्नो मुलुकले खुल्ला अर्थतन्त्रमा विश्वास गर्ने र नेपालको छिमेकी भारतसँग व्यापारिक सम्बन्ध विकसित भइसकेकाले नेपालमा लगानी ल्याउन कठिनाई नहुने बताए ।

संयुक्त अरब इमिरेट्स (युएई) का अर्थ मन्त्रालयका वैदेशिक व्यापार उपसचिव अब्दुल्लाह अल सालेहले वैदेशिक लगानी आकर्षित गर्न लगानी संरक्षण सम्झौता र दोहोरो कर उन्मुक्ति सम्भौता आवश्यक भएको बताए । लगानीकर्तालाई कुनै प्रकारको कानूनी व्यवधान आउन नदिन सतर्क हुनुपर्ने भन्दै उनले त्यसका लागि नेपाल सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले अन्य मुलुकको तुलनामा नेपालमा लगानी गर्ने लगानीकर्ताले उच्च प्रतिफल हासिल गर्न सक्ने अवस्था रहेको बताए । उनले भने, “वैदेशिक लगानी भनेको रकम मात्र होइन, प्रविधि र ज्ञानको दक्षता पनि हो ।”

राजनीतिक स्थिरतासँगै अगाडि बढेको मुलुकमा लगानीको प्रचुर सम्भावना रहेको औँल्याउँदै उनले नेपालका दुई छिमेकीमूलुक यहाँका उद्योगीका लागि ठूलो बजार भएको बताए । चीन युएईको पहिलो र भारत दोस्रो व्यापार साझेदारी मुलुक हो । युएई नेपालका लागि तेस्रो ठूलो व्यापार साझेदार मुलुक भएको तथ्य पेश गर्दै उनले दुई मुलुकबीच तीस करोड अमेरिकी डलर बराबरको व्यापार भएको उल्लेख गरेका थिए ।

मलेसियाका लगानी विकाससम्बन्धी प्राधिकरणका प्रमुख कार्यकारी शिव सूर्यमूर्ति सुन्दर राजाले आफूहरुले शुरुमा लगानी भित्र्याउन विश्वका मुख्य मुलुकमा आफ्नो लगानी बोर्डको कार्यालय खोलेको र सम्पर्क विस्तार गरेको अनुभव सुनाए । उनले लगानी बोर्डलाई अध्यागमनको निकायसँग तालमेल गर्दै लगानीकर्ताका लागि प्रमाणपत्र वितरण र लगानीका लागि सहजीकरण गर्न बोर्ड प्राधिकार हुनुपर्ने सुझाव दिए ।

नेपालको ज्योति समूहका अध्यक्ष पद्म ज्योतिले विकसित मुलुकका लगानी र विकासका सफलताका अनुभवले आफूहरुलाई समेत ऊर्जा मिलेको र नेपाल विकास तथा समृद्धिको मार्गमा अघि बढ्नसक्ने सम्भावना देखिएको औल्याए ।

वि.सं.२०७५ चैत १६ शनिवार १६:५१ मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...