back
CTIZAN AD

सामान्य जनजीवनमा फर्कदै भेनेजुयला

वि.सं.२०७५ चैत १६ शनिवार

741 

shares

१६ चैत, काराकास ।  राजनीतिक सङ्कटमा फसेको भेनेजुएलाको राजधानी काराकासको जनजीवन पछिल्लो समय सामान्य अवस्थामा फर्किन थालेको छ ।

लामो समयदेखिको आन्दोलन, अभाव र विद्युत कटौतीका कारण काराकासको जनजीवन कष्टकर बन्दै गएको थियो ।

सहरको अत्यन्त महत्वपूर्ण मानिएको सार्वजनिक यातायात सेवा शुक्रबार बिहानदेखि सुचारु भएको अधिकारीले जनाएका छन् ।

राज्यद्वारा सञ्चालित टेलिभिजनमार्फत् सम्बोधन गर्दै काराकास महानगरका अध्यक्ष सेजार भेगाले सहरको जनजीवन सामान्य बन्दै गएको दावी गरेका छन् ।

उनले भने, “हामीले बिस्तारै यातायात सेवालाई सुचारु गराएका छौँ भने अवरुद्ध भएका अन्य सेवाहरु पनि सुचारु गराउने छौँ ।”

उनले भेनेजुएलाका अन्य सहरको अवस्था पनि उस्तैगरी सुधार हुँदै आएको दावी गरे । शुक्रबारदेखि स्थानीय बासिन्दा काममा फर्कन थालेको पनि उहाँले जानकारी दिए ।

स्थानीय बासिन्दाको गतिविधि बढ्न थालेपछि सहरको चहलपहल बढेको र मुख्य सडकमा भिडभाड हुनथालेको नगर अध्यक्ष भेगाले बताए ।

आन्दोलनका कारण खानेपानी वितरणमा समस्या आएकामा अहिले ८४ प्रतिशत सेवा सुचारु भएको खानेपानी मन्त्री एभेल्यान भास्क्वेजले जानकारी दिए ।

वि.सं.२०७५ चैत १६ शनिवार १७:०३ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...