back

सामान्य जनजीवनमा फर्कदै भेनेजुयला

वि.सं.२०७५ चैत १६ शनिवार

72 

shares

१६ चैत, काराकास ।  राजनीतिक सङ्कटमा फसेको भेनेजुएलाको राजधानी काराकासको जनजीवन पछिल्लो समय सामान्य अवस्थामा फर्किन थालेको छ ।

लामो समयदेखिको आन्दोलन, अभाव र विद्युत कटौतीका कारण काराकासको जनजीवन कष्टकर बन्दै गएको थियो ।

सहरको अत्यन्त महत्वपूर्ण मानिएको सार्वजनिक यातायात सेवा शुक्रबार बिहानदेखि सुचारु भएको अधिकारीले जनाएका छन् ।

राज्यद्वारा सञ्चालित टेलिभिजनमार्फत् सम्बोधन गर्दै काराकास महानगरका अध्यक्ष सेजार भेगाले सहरको जनजीवन सामान्य बन्दै गएको दावी गरेका छन् ।

उनले भने, “हामीले बिस्तारै यातायात सेवालाई सुचारु गराएका छौँ भने अवरुद्ध भएका अन्य सेवाहरु पनि सुचारु गराउने छौँ ।”

उनले भेनेजुएलाका अन्य सहरको अवस्था पनि उस्तैगरी सुधार हुँदै आएको दावी गरे । शुक्रबारदेखि स्थानीय बासिन्दा काममा फर्कन थालेको पनि उहाँले जानकारी दिए ।

स्थानीय बासिन्दाको गतिविधि बढ्न थालेपछि सहरको चहलपहल बढेको र मुख्य सडकमा भिडभाड हुनथालेको नगर अध्यक्ष भेगाले बताए ।

आन्दोलनका कारण खानेपानी वितरणमा समस्या आएकामा अहिले ८४ प्रतिशत सेवा सुचारु भएको खानेपानी मन्त्री एभेल्यान भास्क्वेजले जानकारी दिए ।

वि.सं.२०७५ चैत १६ शनिवार १७:०३ मा प्रकाशित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...