back

लगानी सम्मेलन : पूर्वाधार विकासका लागि कोशेढुङ्गा

वि.सं.२०७५ चैत १६ शनिवार

30 

shares

१६ चैत, काठमाडौँ । ‘नेपाल लगानी सम्मेलन २०७५’ बाट विदेशी लगानीकर्ताका साथै स्वदेशी उद्योगी/व्यवसायी उत्साहित भएका छन् । सङ्घीय गणतन्त्रात्मक संविधान जारीपछिको निर्वाचनबाट गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले पहिलो पटक आयोजना गरेको सम्मेलनमा सहभागी विभिन्न मुलुकका विभिन्न क्षेत्रका लगानीकर्ताबीच अनुभव आदानबाट नेपालमा ठूला पूर्वाधार विकास र लगानीको सम्भावनाको ढोका खुल्ने देखिएको हो ।

समापनका अवसरमा भएका विभिन्न दुई पक्षीय व्यावसायिक सम्झौताले अन्य लगानीकर्तालाई प्रेरित गरेको छ । नेपालका कम्युनिष्टहरु लोकतान्त्रिक हुन सक्दैनन् र उनीहरुले विदेशी लगानी वा निजी क्षेत्रलाई प्रोत्साहित गर्दैनन् भन्ने भ्रमलाई सम्मेलनले चिरेको छ । सरकारले विदेशी लगानीको संरक्षण र मुनाफा सुरक्षित गराउन उद्घाटन सत्रमा प्रतिबद्धता व्यक्त गरेको थियो ।

लामो द्वन्द्वको अन्त्यपछिको नयाँ संविधान र त्यसपछिको निर्वाचनबाट गठित सरकारले राजनीति स्थिरता र समृद्धिको लक्ष्य लिएकाले विदेशी र स्वदेशी लगानीकर्तालाई ऊर्जा मिलेको हो । सरकारले ¬‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य बोकेको सरकारले यो सम्मेलनलाई नेपालको विकासको सम्भावना र लगानीकर्ताको अवसरका रुपमा चित्रित गरेको छ । सम्मेलनमा ४० मुलुकका ७३५ भन्दा बढी विदेशी र ६०० स्वदेशी सहभागी थिए ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा स्थिर सरकार निर्माणसँगै सरकारले उपयुक्त समयमा महत्वपूर्ण सम्मेलन आयोजना गरेर विश्व समुदायलाई आर्थिक रुपान्तरणको सन्देश दिएको बताउँदे भने, “अब हामीले समृद्धि र विकासका लागि ढिलाइ गर्नु हुँदैन । सधैँ द्वन्द्व र अस्थिरतामा रुमल्लिएर मुलुक अघि बढ्न सक्दैन । सम्मेलनले स्पष्टरुपमा यो सन्देश दिन सकेकामा खुशी लागेको छ ।”

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भवन भट्टले लगानी सम्मेलनले नेपालमा विकास र समृद्धिको स्रोत तथा प्रविधि जुटाउने असल थालनी भएको जनाउँदै यसले विश्वभर रहेका नेपालीलाई विपन्न र असफल मुलुकको हीनताबाट माथि उठाउन योगदान दिने बताए । उनले भने, “नेपालमा लगानी गर्न चाहनेले विदेशमा रहेका गैरआवासीय नेपालीमार्फत पनि समन्वय गर्न सक्ने उल्लेख गरे ।

नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले सम्मेलनमा धेरै आइडिया (विचार)को आदान प्रदान भएको र मलेसियालगायत मुलुकले कसरी विकासमा फड्को मारेका रहेछन् भन्ने बुझ्न सम्मेलन सार्थक भएको बताए । उनले भने, “सम्मेलनबाट प्राप्त ऊर्जालाई सेलाउन नदिई निरन्तर फलोअप गर्न सकेमा र ठूला पूर्वाधार विकासका लागि आवश्यक पर्ने रकमका लागि सरकारी बैंकलाई विदेशी बैंकबाट रकम परिचालन वा ग्यारेन्टी बस्ने वातावरण मिलेमा लगानीको थप सम्भावना देखिनेछ ।”

मलेसियाका लगानी विकाससम्बन्धी प्राधिकरणका प्रमुख कार्यकारी शिव सूर्यमूर्ति सुन्दर राजाले आफूहरुले शुरुमा लगानी भित्र्याउन विश्वका मुख्य मुलुकमा आफ्नो लगानी बोर्डको कार्यालय खोलेको र सम्पर्क विस्तार गरेको अनुभव प्रस्तुत गर्दै निरन्तर लगानीका लागि विश्वजगत्मा सम्पर्कमा रहनु सुझाव दिएको सन्दर्भलाई नेपाली सहभागीले रुचाएका थिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सम्मेलनको सफलताले आफूहरुलाई उत्साहित बनाएको र नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि गरेका प्रतिबद्धता पूरा गरेमा लगानी र विकासको अवसर सिर्जना हुने बताए । नेपालको ज्योति समूहका अध्यक्ष पद्म ज्योतिले विकसित मुलुकका लगानी र विकासका सफलताका अनुभवले आफूहरुलाई समेत ऊर्जा मिलेको बताए । उनले नेपाल विकास र समृद्धिको मार्गमा अघि बढ्न सक्ने सम्भावनालाई सम्मेलनले पहिल्याएको जनाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलनको आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ¬‘प्रचण्ड’को सम्बोधनपछि सम्मेल सम्पन्न भएको छ । सो अवसरमा पूर्वाधार विकास, यातायात, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा लगानीका सम्भावनाका क्षेत्र र परियोजनाबारे लगानी बोर्डले परियोजना प्रस्तुत गरेको थियो । नेपालले लगानीमैत्री वातावरणका लागि विभिन्न नयाँ सरलीकृत कानूनको तर्जुमा र सुशासनको प्रतिबद्धता गर्दै लगानीको समन्वय र संयोजनका लागि एकल सेवा केन्द्रको विकास गर्ने जनाउँदै आएको छ ।

नेपालमा २०७२ को भूकम्पपछि पुनः निर्माणका लागि दाता सम्मेलन र विसं २०७३ मा भएको दोस्रो लगानी सम्मेलन सम्मेलनभन्दा थप महत्व बोकेको यस लगानी सम्मेलनले नेपालको समृद्धिको यात्रालाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०७५ चैत १६ शनिवार १९:०४ मा प्रकाशित

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि...

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम...

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक...

घट्यो डिजेल र पेट्रोलको मूल्य

घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको...

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन...