back
CTIZAN AD

ब्याट बोकेर मन्त्री पुगे क्रिकेट मैदानमा, टोलीका लागि दुई रन बनाए

वि.सं.२०७५ चैत १६ शनिवार

681 

shares

मन्त्री गुरुङले बोर्डका तर्फबाट प्रतिनिधित्व गर्दै हातमा क्रिकेट ब्याट बोकेर मैदान प्रवेश गरे । ओपनरका रुपमा मैदानमा प्रवेश गरेका उनले चार बलको सामना गर्दै टोलीका लागि दुई रन बनाए ।

१६ चैत, कास्की । आफ्नो सधैँको व्यस्त दैनिकीबीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ आज पोखरा रङ्गशालामा उपस्थित भए । बिहान १० बजे रङ्गशालाभित्रको क्रिकेट मैदानमा पुगेका मन्त्री गुरुङले करीब दुई घण्टाको समय रङ्गशालामा व्यतित गरे । उनी रङ्गशालामा कुनै खेलकूद प्रतियोगिताको उद्घाटन, शिलान्यास तथा भाषणका लागि पुगेका होइनन् ।

मन्त्री गुरुङको रङ्गशाला जाने सन्दर्भ थियो, प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष २०१९ को अवसरमा खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड पोखराले आयोजना गरेको खेलकूद पत्रकार मञ्च गण्डकी र बोर्डबीचको मैत्रीपूर्ण क्रिकेट खेल । जुन खेलको संयोजन गरेको थियो, कास्की जिल्ला क्रिकेट सङ्घले ।

सो अवसरमा मन्त्री गुरुङले बोर्डका तर्फबाट प्रतिनिधित्व गर्दै हातमा क्रिकेट ब्याट बोकेर मैदान प्रवेश गरे । ओपनरका रुपमा मैदानमा प्रवेश गरेका उनले चार बलको सामना गर्दै टोलीका लागि दुई रन बनाए । उनी मन क्षेत्रीको बलमा धरापमा पर्दै पेभिलिएन फर्किएका थिए । बिहान सबेरै उठेदेखि राति अबेरसम्म सरकार र पार्टीको काममा व्यस्त हुने मन्त्री गुरुङले खेलकूदलाई महत्व दिएर मैत्रीपूर्ण खेलमा मैदान प्रवेश गरेपछि त्यहाँ उपस्थित भएका खेलप्रेमी तथा सञ्चारकर्मी उत्साहित भएका थिए ।

“खेलकूद मलाई असाध्यै मनपर्छ । विभिन्न खेल नछुटाई हेर्छु तर खेल्ने अवसर चाहिँ मिलेको थिएन,” मन्त्री गुरुङले भने । उनले पहिलोपटक खेलमा आफै सहभागी हुने अवसर प्राप्त हुँदा रोमाञ्चक अनुभूति भएको धारणा राखे । मैदानको अवलोकन गर्दै मन्त्री गुरुङले प्रदेश सरकारले अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट स्टेडियम निर्माणका लागि जमीन खोजिरहेको बताउँदै खेलकूदको विकासमा कुनै पनि कसर बाँकी नराखिने प्रतिबद्धता जनाए ।

मन्त्री गुरुङले नेपालमा क्रिकेट खेलको विकास भएको छोटो समयमा आशातीत् सफलता हासिल भएको भन्दै गत कात्तिकमा पोखराको सोही मैदानमा सम्पन्न भएको पहिलो पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता (पिपिएल)ले क्रिकेट खेललाई अघि बढाउन मद्दत पु¥याएको विचार व्यक्त गरे ।

पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले गत वर्षबाट शुरु गरिएको मैत्रीपूर्ण खेलबाट दुई संस्थाबीचको सम्बन्धलाई थप सृदृढ बनाउँदै खेल पर्यटनको विकासमा मद्दत पुगेको बताए । उनले यस प्रकारका खेलबाट पर्यटनले थप गति लिने विश्वास व्यक्त गर्दैै गण्डकी प्रदेशको राजधानी पोखरालाई खेलकूदको शहरका रुपमा विश्वमा चिनाउने भनाइ राखे ।

खेलकूद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले पर्यटकीय शहर पोखरामा खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन भएको सञ्चारकर्मीलाई क्रिकेटका बारेमा सैद्धान्तिकसँगसँगै व्यावहारिक ज्ञान दिलाएको धारणा राखे । मैत्रीपूर्ण खेलमा बोर्डको टोली ११ रनले विजयी भएको छ । खेलमा पहिला ब्याटिङ गरेको बोर्डले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतिमा १०५ रन बनाएको थियो । जीतका लागि १०५ रनको लक्ष्य पछ्याएको मञ्च गण्डकीको टोलीले पूरै ओभर खेल्दै ९४ रन मात्रै बनाउन सक्यो ।

वि.सं.२०७५ चैत १६ शनिवार १९:१८ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...