back

पूर्वप्रधानमन्त्री चन्दले माफी मागे कुँवर दम्पत्तीसँग (भिडियो सहित)

वि.सं.२०७५ चैत १७ आइतवार

39 

shares

१७ चैत, काठमाडौं । भिआइपी (अत्यन्त महत्वपूर्ण व्यक्ति) हरुको महत्वपूर्णनै काम हुने भएकोले होला, उनीहरु जहाँ जाँदा पनि सडक खाली हुनुपर्ने, सडकका सवारीहरुलाई किनारा लगाएर राख्नुपर्ने तथा उनीहरुका सुरक्षामा रहेका सुरक्षाकर्मीहरुलाई पनि त्यत्तिक सचेत र सावधान रहनुपर्ने देखिन्छ । तर, महत्वपूर्ण व्यक्तिको सवारीमा जनताले धेरै दुःख पाएका घटनाहरु पनि बारम्बार आइरहेका हुन्छन् ।

सायद संसारकै चलन यस्तै हो कि, भिआइपीको सवारीका बेला सडक सुनसान बनाउनुपर्ने ! हुन त, नेदरल्याण्डका प्रधामन्त्री पनि त्यत्तिकै महत्वपूर्ण व्यक्ति हुन् र त्यत्तिकै महत्वपूर्ण काम थियो होला उनको । तर, उनले आफूले पोखेको चिया आफै सफा गरेका थिए । उनले गरेको त्यस्तो कार्यले सफाइ कर्मचारीहरु अचम्मित हुँदै तालि मारेका थिए ।

त्यस्तै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामा सुरक्षाकर्मी विना सपिङ मलमा एक्लै गएर सपिङ गर्छन् । एक्लै बालआश्रममा पुगेर बालबालिकालाई क्रिसमिस उपहार बाड्छन् । एक्लै रेष्टुरेण्टमा गएर कफि या नास्ता खान्छन् । उनको यो उदाहरणीय कार्य देखेर संसारभरीबाट ‘वाह ओवामा’ भन्नेहरु धेरै छन् । यस्ता अन्य धेरै उदाहरण छन् विस्वका भिआइपीहरुको ।
तर, हाम्रो देशमा महत्वपूर्ण व्यक्ति महत्वपूर्ण काम, महत्वपूर्ण भ्रमण अनि महत्वपूर्ण बैठक भएकैले होला उनीहरु बाटोमा हिड्दा र साइरन बजाउँदा जनताले कस्तो महसुस गर्छन र कस्तो सास्ति भोग्छन् भन्ने कमै मनन गर्छन् वा मनन गरेरै पनि सार्वजनिक रुपमा भन्न मन पराउँदैनन् ।

तर, एक भिआइपी ( पूर्वप्रधानमन्त्री) ले भने उदाहरणीय कार्य गरेका छन् । आफ्नो सुरक्षामा खटिएको पछुवा गाडीले स्कुटरमा सवार दम्पत्तिलाई ठक्कर दिए पछि घाइते भएकासँग माफी मागेर ।

ती भीआइपी व्यक्ति हुन् लोकेन्द्र बहादुर चन्द । उनको सुरक्षामा खटिएको पछुृवा गाडीले शुक्रबार साँझ बबरमहलबाट बानेश्वर जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि पनि उनको पछुवाले गाडी साइड लगाएर स्कुटर चालकलाई उद्धार गर्ने वा क्षमायाचना गरेनन् । सायद सुरक्षामा खटिएको गाडी आफू पछि परेको महसुस गर्दै हुँइकियो अगाडि ।
दुर्घटनामा परेका स्कुटर चालक थिए उदयपुर घर भई हाल बानेश्वरमा रहेको सुपा देउराली गेष्ट हाउसका संचालक सन्तोष कुँवर र उनकी श्रीमती ।

उनीहरुलाई भिआइपीको गाडीले ठक्कर दिएको भिडियो शुक्रबार सामाजिक संजालमा भाइरल बनेको थियो । त्यसपछि मात्र शसस्त्र प्रहरीले उक्त घटनाबारे चासो राखेको थियो । दुर्घटना गराउने गाडी चालकलाई हल्चोक बोलाएर अनुन्सधान पनि गरेको थियो ।

आफू चढेको गाडीको सुरक्षामा खटिएको पछुवा गाडीले कुँवर दम्पतीलाई ठक्कर दिएको थाहा पाएपछि उदार मन बनाउँदै पूर्वप्रधानमन्त्री चन्दले कुँवर दम्पत्तिलाई लोकन्थलीस्थित आफ्नै निवासमा बोलाएर माफी मागेका थिए ।

कुँवर दम्पत्तिको स्वास्थ्य अवस्थाबारे चासो राख्दै केही भएको छ भने उपचार समेत गर्छु भनेर चन्दले दुःख व्यक्त गरेको कुँवर दम्पत्तिले बताएका छन् ।

सामाजिक संजालमा उनीहरुलाई भिआइपीको पछुवा गाडीले ठक्कर दिएको भिडियो सार्वजनिक भएपछि कुँवर दम्पतीले महानगरीय प्रहरी वृत्त वानेश्वरमा पुगेर आफूहरुलाई केही नभएको भन्ने जानकारी गराएका थिए । तत्कालै प्रहरीले उक्त घटनाबारे पूर्वप्रधानमन्त्री चन्द र सशस्त्र प्रहरी बललाई त्यसबारे खबर गरेका थिए ।

भिआइपीको सुरक्षामा खटिएको उक्त गाडी अनियन्त्रित ढंगले ‘रङ साइड’ बाट हिड्दा दुर्घटना हुन पुगेको भिडियोमा देखिन्छ ।

वि.सं.२०७५ चैत १७ आइतवार ०८:२१ मा प्रकाशित

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना...

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

पाटन । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन...

विचौलिया विना देवघाटका सुन्तला  काठमाडौं  ल्याउने महानगरको भनाई

विचौलिया विना देवघाटका सुन्तला काठमाडौं ल्याउने महानगरको भनाई

मिला दरै, डुम्रे (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–१, २, ३...

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर...