back

दक्षिण एसियाको उदाउँदो तारा नेपाल : मन्त्री ज्ञवाली

वि.सं.२०७५ चैत १७ आइतवार

123 

shares
NTC AD
Global IME AD

१७ चैत, काठमाडौ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च भएकाले सो सम्मेलनले नेपालको विकासका लागि थप प्रेरणा दिएको बताए ।

उनले भने, “सरकार स्पष्ट सोचका साथ आर्थिक सामाजिक रुपान्तरणको दिशामा अघि बढेको छ । यसमा हामी छिमेकी भारत र चीनको सहयोग लिँदै अन्तर्राष्ट्रिय समुदायको साथ पनि लिएर अघि बढ्ने छौँ ।”

मन्त्री ज्ञवालीले नेपाललाई कुनै मुलुकसँग वैरभाव नगर्ने र सबैसँग मित्रभाव राख्ने विदेश नीतिको निरन्तरतासहित समृद्धिको यात्रामा अघि बढाउन सञ्चार क्षेत्रको पनि उत्तिकै सहयोगको अपेक्षा व्यक्त गरे ।

गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मुलुकमा समृद्धिका लागि उचित वातावरण मिलेका जनाउँदै विदेशीको मुख मात्र नताकी नेपालीहरु नै जागृत भएर आर्थिक विकासमा लाग्नुपर्ने बताए ।

वि.सं.२०७५ चैत १७ आइतवार १२:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मन्त्रिपरिषद् बैठक : दुई आयोगका पदाधिकारी नियुक्ति सिफारिस समिति गठन

मन्त्रिपरिषद् बैठक : दुई आयोगका पदाधिकारी नियुक्ति सिफारिस समिति गठन

काठमाडौँ । सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका...

सुनकोसी मरिण डाइभर्सन : वैशाख २६ गते ब्रेक थ्रुको तयारी

सुनकोसी मरिण डाइभर्सन : वैशाख २६ गते ब्रेक थ्रुको तयारी

रमेश लम्साल, काठमाडौँ । सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङको निर्माणको...

प्रधानमन्त्री ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच राजनीतिक छलफल

प्रधानमन्त्री ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच राजनीतिक छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी...

राप्रपालाई अब कसैले नजरअन्दाज गर्न सक्तैन–अध्यक्ष लिङ्देन

राप्रपालाई अब कसैले नजरअन्दाज गर्न सक्तैन–अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले...

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित गरिने सञ्चारमन्त्री शर्मा भनाई

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित गरिने सञ्चारमन्त्री शर्मा भनाई

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक...

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा...