back
CTIZAN AD

भोटखोला गाउँपालिकामा अज्ञात समूहले आगजनी

वि.सं.२०७५ चैत १७ आइतवार

579 

shares
file -photo

१७ चैत,सङ्खुवासभा ।  सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा गए राति अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ । रातको १२ः३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन् ।

कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि आफ्नो गाउँपालिकामा आगजनी भएको स्थानीयवासीले रातको समयमा देखेका थिए । सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा रहेको सो गाँउपालिका नेपालकै अति दुर्गम गाउँपालिकाको रूपमा चिनिन्छ ।

गाउँपालिकामा आगजनी हुनासाथ सदरमुकाम खाँदबारीमा काम विषेशले आएका त्यस गाउँपालिकाका अध्यक्ष पेम्बा भोटे हिजै सदरमुकामबाट आगजनीस्थलतर्फ लागेका छन् । यस विषयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले घटना कसले घटाएको हो भन्नेबारे हालसम्म एकिन हुन नसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।

आजै घटनास्थलमा नेपाल सरकारको सम्बन्धित निकाय हेलिकप्टरमार्फत त्यस स्थानमा जाने प्रयास भइरहेको छ । मौसमको खराबीका कारण हालसम्म हेलिकप्टर जान सकेको छैन । हटियामा रहेको गाँउपालिकाको कार्यालय आगजनी भएपछि भोटखोलाबासीमा सन्त्रास छाएको छ ।

घटना कसबाट घटेको हो भन्नेबारे बृहत् अनुसन्धान भइरहेको र घटनास्थलमा अहिले सेना तथा प्रहरीसहितको संयुक्त टोलीले गस्ती गरिरहेको समेत प्रजिअले जानकारी दिएका छन् ।

वि.सं.२०७५ चैत १७ आइतवार १२:३९ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...