back

अब पार्टी हनुमानबाट चल्दैन

वि.सं.२०७५ चैत १७ आइतवार

39 

shares


नेपाली कांग्रेस भित्र अहिले निरासाको बादल मडारीइरहेको छ । पार्टी भित्र गुटगत द्धन्द उत्कर्षमा छ । एकातिर विपक्षी हुनुको फाइदा लिनबाट कांग्रेस चुकिरहेको छ भने अर्कोतिर आफू प्रजातान्त्रीक दल हुनुको महसुस कार्यकर्तामा दिन सकिरहेको छैन । यस्तो अवस्थाबाट गुज्रीइरहेको मुख्य विपक्षी दल नेपाली कांग्रेस अब कसरी अगाडी बढ्ला ? यिनै विषयमा केन्द्रीत भएर हामीले कांग्रेसका युवा नेता पुर्व सासंद रामहरी खतिवडासँग कुराकानी गरेका छौ । प्रस्तुत छ खतिवडासँग गरीएको कुराकानीको सम्पादीत अंश :

नेपाली कांग्रेस भित्र किन यस्तो अचाक्ली विग्रह देखिएको होला ?
नेपालको राजनीतिमा अतुलनिय योगदान गरेको, सबै खाले आन्दोलनको नेतृत्व गरेको दलमा यस्तो अवस्था आउनु आफैमा दुखद् हो । अहिले भइरहेको विवादलाई विग्रह वा द्वन्द्वको रुपमा भन्दा बढि बहसको रुपमा बुझ्नु राम्रो हुन्छ भन्ने मलाई लाग्दछ । हरेक प्रजातान्त्रीक पार्टीमा आन्तरीक बहस हुन्छन् । अहिले नेपाली कांग्रेस पनि यहि बहसको दौरानबाट गुज्रिइरहेको छ ।

बहस भन्दा पनि गुटको चर्का चर्की बढि देखिन्छ त ?
हामीले देश र जनताका लागि धेरै गर्यौ । एउटा कम्युनिष्ट मुल प्रवाह तत्कालीन एमालेलाई प्रजातान्त्रीकीकरण गर्ने देखि माओवादीलाई शान्ती प्रक्रियामा ल्याउने काम हाम्रै पार्टीले गर्यो । जनताको संविधान जारी गर्ने देखि २० वर्ष सम्म नभएको स्थानीय चुनाव नेपाली कांग्रेसले नै गरायो । तर दुर्भाग्य अहिले त्यस्तो इतिहास भएको पार्टी भित्र गुटको राजनीति बढि भएको छ । पार्टी भित्र आन्तरिक आलोचना तल्ला कमिटि सम्म पुगेको छ । अहिले हामीलाई चाहिएको जुट हो तर हामी आलोचना र विरोध तर्फ बढि अग्रसर भएका छौ । यसले हामीलाई कुनै कोणबाट पनि फाइदा गर्दैन ।

तर जुटका संकेत त देखिएकै छैनन् ?
हो, तपाईले भनेको सहि हो । तर अब सधै यस्तो स्थिती अवस्य रहँदैन । आसालाग्दा, पढेलेखेका र जनता तथा कार्यकर्ताले विश्वास गरेका कार्यकर्ताहरु गुटबाट माथी उठ्ने बेला आएको छ । अब हाम्रो होइन राम्रोको लागि लड्ने बेला भएको छ । हामी त्यतातिर अग्रसर छौ । गुट होइन एकताको लागि म आफै पनि प्रयासमा छु अपेक्षा गरौ त्यो दिन आउने छ ।

अरुलाई प्रजातन्त्र सिकाउने नेपाली कांग्रेसले आफै बल मिच्याइँ गरेको छ । महासमितिका निर्णय भटाभट केन्द्रीय समितिले उल्टयाएको छ । यसले द्वन्द्व बढाउदैन र ?
एकपटक एउटा राम्रो पद्धतीको विकास गर्नु पर्दथ्यो, त्यो महासमितिले गर्न खोजेको पनि थियो । नेताहरु तल्ला कमिटीबाट अनुमोदीत भएर आउनु पर्ने प्रावधान अति राम्रो थियो । एकपटक आरक्षण कोटाबाट प्रतिनिधित्व गरेको कुनै पनि साथी फेरी पनि अर्को पटक सोही आरक्षण कोटामा प्रतिस्पर्धा गर्न नपाउने प्रावधान उस्तै राम्रो थियो । तर केही साथीहरुको स्वार्थले यो राम्रो प्रावधान हटाउने काम भयो । असक्षमहरुले आफ्नो स्वार्थको लागि जे पनि गर्न सक्छन भन्ने यो राम्रो उदाहरण हो । तर हरेक अध्याँरो भित्र उज्यालोको झिल्को बले जस्तै हामी सँग महाधिवेशनको विकल्प छ । महाधिवेशनले सबै निर्णय बदल्न सक्छ ।

आगामी महाधिवेशनले फेरी महासमितिको निर्णयलाई सदर गर्न सक्छ त ?
महाधिवेशन पार्टीको सर्वोच्च निर्णयक संस्था हो । आवश्यक पर्दा यसले सबै खाले निर्णय गर्न सक्छ ।

प्रसङ्ग बदलौ नेपाली कांग्रेस साच्चीकै विपक्षी बन्न नसकेको आरोप लागिरहेको छ । कतै कांग्रेस विपक्षी बन्ने नजानेको त होइन ?
हाम्रो पार्टी लामो संघर्षबाट खारीएर आएको पार्टी हो । यसको लामो प्रजातान्त्रीक इतिहास छ । यसकारण हामी संसदमा जिम्मेवार तरीकाले प्रस्तुत भइरहेका छौ । कुर्सी फोड्नु, माइक भाच्नु र आतंक मच्चाउनु कांग्रेसको चरीत्र होइन । सायद हाम्रो यहि सदभावका कारण सरकार जंगबहादुर बन्न खोजेको होकी ! यदि यस्तो हो भने प्रजातन्त्र रक्षाका लागि कांग्रेस फेरी मैदानमा उत्रिने छ ।

आगामी महाधिवेशनमा नेतृत्व परीवर्तनको सम्भावना कत्तिको देख्नुहुन्छ ?
विचार, भावना र कार्यकर्ता सहितको नेतृत्व अहिलेको कांग्रेसको आवश्यकता हो । प्रजातान्त्रीक पार्टीमा नेतृत्व परीवर्तनलाई ठुलो इस्यु बनाउनु हुदैन । यो स्वभावीक प्रक्रिया हो ।

पछिल्लो समय तपाई पूर्व महामन्त्री कृष्ण सिटौलाप्रति बढि आक्रमक देखिनुहुन्छ नि !
नेता सिटौला असाध्यै क्षमतावान हुनुहुन्छ । तर उहाँले आफ्नो क्षमताको प्रयोग पार्टी बनाउन होइन, गुट बनाउनलाई गर्नुभयो । अहिले उहाँ गुटको होइन, पार्टीको नेता बन्नु पथ्र्यो । तर उहाँ अत्यन्तै अस्थीर र अवसरवादी बन्नु हो । आफ्नो निहीत स्वार्थका लागि जे पनि गर्नु राम्रो हुँदैन । त्यहि नराम्रो उहाँले गरिरहनु भएको छ ।

अब कांग्रेस कसरी चल्छ त ?
अब पार्टी हनुमानबाट चल्दैन । हेर्नोस न दुनियामा युवाहरुले नेतृत्व गरेका सरकार कति शसक्त छन् । उत्तर कोरीया देखि न्यूजील्यान्डसम्म ४५ वर्ष तलको नेतृत्व छ । हामी पनि अब बुढाहरुबाट आक्रान्त भयौ । यसकारण कांग्रेसको नेतृत्व युवाहरुले गर्नुपर्छ आगामी महाधिवेशनमा आफ्नो हस्तक्षेपकारी भुमिका प्रस्तुत गर्ने छन् । र इतिहासको कांग्रेसलाई युवाहरुको कांग्रेस बनाउने छन् ।

वि.सं.२०७५ चैत १७ आइतवार १२:४६ मा प्रकाशित

एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत

एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जनजीवन नराम्ररी...

‘संसद् प्रतिपक्षको सत्ता भए पनि ‘बिजनेस’ सरकारले दिने हो’

‘संसद् प्रतिपक्षको सत्ता भए पनि ‘बिजनेस’ सरकारले दिने हो’

वासुदेव पौडेल । गण्डकी, “भनिन्छ, संसद् प्रतिपक्षको सत्ता हो ।...

‘संसदीय अभ्यासमा सांसदहरु राजनीतिक दलको स्वार्थभन्दा माथि उठन सकेनन्’

‘संसदीय अभ्यासमा सांसदहरु राजनीतिक दलको स्वार्थभन्दा माथि उठन सकेनन्’

सृजना राई, काठमाडौँ । पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको...

अमेरिका नेपालको वृहत्तरहित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद

अमेरिका नेपालको वृहत्तरहित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद

वाशिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिकाको पाँचदिने औपचारिक...

पुरुषवादी भावना नै महिलालाई अवसर दिन बाधक छ : सांसद गौतम

पुरुषवादी भावना नै महिलालाई अवसर दिन बाधक छ : सांसद गौतम

नारायण न्यौपाने, काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री एवं सांसद प्रतिमा...