back
CTIZAN AD

गैँडा मर्ने क्रम बढेपछि घाँसे मैदान र पोखरी व्यवस्थापनमा जोड

वि.सं.२०७५ चैत १७ आइतवार

690 

shares

१७ चैत, चितवन । प्राकृतिक कारणले दुर्लभ एक सिङ्गे गैँडाको मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान र पोखरीको व्यवस्थापनमा जोड दिएको छ ।

दुई वर्षअघि आएको बाढीका कारण घाँसे मैदान र पोखरी पुरिएको थियो । बाढीले पूर्वीक्षेत्रका गैँडालाई बगाएर पश्चिम क्षेत्रमा धेरै पु¥याएको थियो । कतिपय गैँडा बगेर भारतसमेत पुगेका थिए । चालू आर्थिक वर्षको हालसम्म प्राकृतिक कारणले निकुञ्जमा मात्रै ३९ वटा गैँडा मरिसकेका छन् ।

चितवन राष्ट्रिय वन क्षेत्रअन्तर्गत दुई वटा थप गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बाढीका कारण घाँसे मैदान र पोखरीहरु पुरिएको बताए ।

यससँगै पश्चिम क्षेत्रमा बढी गैँडा भएकाले सो क्षेत्रमा थप घाँसे मैदान व्यवस्थापन र पोखरी निर्माण एवं सरसफाइको काम थालिएको उनले बताए । ढकालका अनुसार नियमितका अतिरिक्त २०० हेक्टर घाँसे मैदान थप व्यवस्थापन गरिँदैछ ।

निकुञ्जको पश्चिमी क्षेत्रमा रहेको टेम्पल टाइगर र खोरिया मुहानमा एक÷एक सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्ने काम शुरु भएको छ ।

निकुञ्जले नियमित रुपमा हरेक वर्ष ८० हेक्टर हाराहारी क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्ने गर्दछ । करीब रु २५ लाख खर्च गरेर यस वर्ष थप २०० हेक्टर घाँसे मैदान व्यवस्थापन गर्न लागेको प्रमुख संरक्षण अधिकृत ढकालले बताए ।

निकुञ्जमा दश हजार हेक्टर घाँसे मैदान भए पनि बजेटको अभावमा थोरै क्षेत्रमात्र व्यवस्थापन गरिँदै आएको छ । ठूला खरखडाइ र घाँस काट्ने, झाडीहरु सफा गरेर घाँसे मैदान व्यवस्थापन गरिन्छ । यसैगरी ६० वटा पोखरी व्यवस्थापनको काम भइरहेको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए । रु एक करोड २० लाख खर्च गरेर पुराना पोखरीभित्रका फोहरहरु निकाल्ने, चाक्लो बनाउने र मर्मत सम्भार गर्ने काम भइरहेको पनि उनले जानकारी दिए ।

यसका अतिरिक्त आगो निभाउन र वन्यजन्तुलाई पानी खुवाउन सहज पार्नका लागि थप १० वटा पोखरीे व्यवस्थापनका लागि गृहकार्य भइरहेको प्रमुख संरक्षण अधिकृत ढकालले बताए । निकुञ्जभित्र ठूलासाना गरी ८० वटा पुराना पोखरीहरु छन् ।

उनले पश्चिमी क्षेत्रमा गैँडा बढी भएको तर घाँस र पानीको अभाव हुन सक्ने देखिएकाले पोखरी र घाँसे मैदान व्यवस्थापनमा जोड दिएको बताए । घाँस र पानीका लागि जाँदा एकै ठाउँमा धेरै गैँडा जुधेर र हानेर मर्ने क्रम बढी भएको प्रमुख संरक्षण अधिकृत ढकालको भनाई छ ।

वि.सं.२०७५ चैत १७ आइतवार १३:४६ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...