back
CTIZAN AD

स्थानीय गाईको दुग्धपदार्थ रोगीको लागि अमृत समान – वैद्यराज दीपक सुवेदी (भिडियोसहित)

वि.सं.२०७५ चैत १७ आइतवार

1.6K 

shares


१७ चैत्र, काठमाडौं । स्थानीय जातिका गोवंशको महत्त्व विशेष छ । तर, त्यो विशेषताप्रति वर्तमान मानव समाजले अनभिज्ञताको भान गर्दै गएको छ । स्थानीय जातिका गोवंशको महत्त्व थाहा नहुँदा र राज्यसँग यी गोवंशको सदुपयोग गर्ने नीति तथा कार्यक्रम नहुँदा दुध कम दिने दोषमा स्थानीय जातिका गाईगोरु तथा बाच्छाबाच्छी पाल्न मन नगर्ने, छाडा छोडिदिने चलन बढेको छ । छाडा छोडिएका गाईगोरुहरूले किसानको खेती बाली खाइदिने, सडक, बजार, गल्ली एवं गाऊँघरमा यातायात अबरुद्ध हुने जस्ता समस्या बढेका छन् । एकातर्फ यस प्रकारको समस्यालाई समाधान गर्न सम्बन्धित स्थानीय सरकारलाई गाह्रो परिरहेको बुझिन्छ । भने अर्को तर्फ छाडा छोडिएका गाईगोरु एवं बाच्छा बाच्छीलाई हाकाहाकी दिनदहाडै कटानीको लागि विदेश तस्करी गर्ने गरेको पाइने गरेको छ । समस्याको उचित समाधान गर्न नसकेको तहगत सरकारले तस्करीमा मौनता देखाइरहेको छ भने कतिपय अवस्थामा प्रहरी प्रशासनले समेत सहयोग गरेका समाचारहरू पनि आइरहेका छन् ।

सडकहरूमा सवारीसाधनले हानेर दैनिक कति गाईगोरु तथा बाच्छाबाच्छी मरिरहेका त कति घाइते भइरहेका देखिन्छन् । यो समस्या बिकराल हुँदै गएको छ । यस प्रकारको समस्याप्रति तहगत कुनै पनि सरकार मौन रहेका देखिन्छ । जनस्तरबाट पनि यसको बारेमा खासै आवाज उठ्न सकेको छैन नै । सर्वसाधारणको वास्ता हराउँदै गएको र राज्य एवं अन्य विभिन्न निकायले पनि यो गोवंशप्रति तिरस्कार गर्दै उल्टै अप्रत्यक्ष रुपमा ती गाई गोरु बाच्छा बाच्छीलाई मारेर गिद्य पोस्ने जस्ता काम भइरहेको बेलामा यदाकदा झिनो रूपमा भएपनि स्थानीय जातका गोवंशको संरक्षण हुनपर्ने चेतना अभिवृद्धि हुन भने थालेको छ ।

यसै सन्दर्भमा एक व्यक्तित्त्वले स्थानीय गाई एवं गोवंशको महत्त्वको बारेमा एक वक्तव्य जारी गरेका छन् । ज्यो. पं. वैद्यराज दीपक सुवेदीले आफ्नो युट्युब (एस्ट्रोलोजर दीपक गुरु) मार्फत सो वक्तव्य जारी गरेका हुन् । उनले सो आफ्नो भनाईमा स्थानीय गोवंशको संरक्षण गर्नको लागि गौ सेवा कोष स्थापना गरिएको बताएका छन् भने यी गोवंशको महत्त्वको बारेमा विभिन्न वैज्ञानिक चर्चा पनि गरेका छन् ।

विश्वले सबै प्राणी एवं जीवजन्तुको अस्तित्त्व स्वीकार गरिरहँदा नेपालमा प्राचीनकालदेखि रहेका स्थानीय गोवंशको संरक्षण र तीनबाट प्राप्त हुने पदार्थको सदुपयोग एवं महत्त्वको बारेमा अध्ययन, सोधखोज र सचेतना हुन जरुरी छ । त्यस क्षेत्रप्रति जनस्तरदेखि सबै तहले देखाउँदै आएको वितृष्णाले निरन्तरता पाइरहने हो भने त्यसको परिणाम गम्भीर पश्चाताप पर्ने पो हुनसक्छ कि ? समयमै सम्बन्धित सबैले ध्यान पुर्याउनु बुद्धिमानी होला ।

उनको भनाई जस्ताको तस्तै भिडियोमा हेर्नसक्नु हुन्छ –

वि.सं.२०७५ चैत १७ आइतवार १४:४० मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...