Logo
२२ मंसिर २०७९, बिहीबार
     Thu Dec 8 2022
E-paper
  English Edition
   Unicode
Logo

महिला फुटबल टिम म्यान्मार प्रस्थान




१७ चैत ।ओलम्पिक छनौट खेलको लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली म्यानमार प्रस्थान गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ओलम्पिक छनौट खेल्न म्यानमार जाने उक्त टोलीको आइतबार बिदाई गरेको छ ।

उक्त टोलिमा अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जना राना मगर, एन्जिला सुब्बा, दिपा राई, गीता राना, हिरा कुमारी भुजेल, कविता धिमाल, मन्जली कुमारी योन्जन, मनमाया लिम्बु, निरु थापा, पुजा राना, पुनम जर्घा मगर, रेखा पौडेल, रेनुका नगरकोटी, साबित्रा भण्डारी, सरु लिम्बु, शर्मिला थापा, उषा नाथ रहेका छन् ।

एएफसी महिला ओलम्पिक फुटबल छनौटतर्फ दोस्रो चरणको खेलहरु म्यानमारमा यहि अप्रिल ३ देखि ९ तारीखसम्म हुँदैछ ।

छनौट प्रतियोगितातर्फ नेपाल आयोजक म्यानमार, भारत र इण्डोनेसियासँगै समूह बी मा परेको छ । नेपालले आफ्नो पहिलो खेल ३ अप्रिलका दिन घरेलु टोली म्यानमार विरुद्ध खेल्ने छ, ६ अप्रिलका दिन भारतसँग र अन्तिम खेल ९ अप्रिलका दिन इण्डोनेसियासँग खेल्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुष्पा न्यौपाने । घर नुवाकोट । दरबारमार्गस्थित केल्मीको शोरुमा संचालक । तर, उनै पुष्पाको

मान्छेको जिवनमा सम्बन्धको धेरै महत्व हुन्छ तर जब विश्वास टुट्छ वा विश्वास टुट्ने डर

काठमाडौं । नेकपा (एमाले)का निम्ति हालको सत्ता गठबन्धन निकै टाउको दुखाईको विषय बनेको छ

काठमाडौं । भारतको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहका सहयोगी सन्दिप राना नेपाली कांग्रेसको समानुपातिकको