back

मौलिकतालेनै राष्ट्रलाई विश्वभर चिनाउँछ-पूर्वराष्ट्रपति यादव

वि.सं.२०७५ चैत १७ आइतवार

72 

shares

१७ चैत, काभ्रेपलाञ्चोक । पूर्व राष्ट्रपति डा रामवरण यादवले राष्ट्रलाई विश्वभर चिनाउने मौलिकता राष्ट्रको धरोहर भएको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित नुवाकोटको नाट्यश्वर म्युजिक अवार्ड–२०७५ अन्तर्गत सम्मान कार्यक्रममा उनले भने, “मौलिकता राष्ट्रको धरोहर हो, मौलिकताले राष्ट्रलाई विश्वभर चिनाउँछ ।”

उनले सभ्यताले मुलुक कति पुरानो हो भन्ने पनि चिनाउने बताए । पूर्व राष्ट्रपति डा यादवले नेपाल आर्य र मङ्गोल सभ्याताको बीचमा रहेको उल्लेख गर्दै नेपालीले आफ्नो मौलिकता छाड्न नहुने बताए । “वेदबाट शुरुभएको हाम्रो मौलिकता आधुनिक युगसम्म आइपुग्दा बिर्सेका छैनौँ”, उनले भने, “अब पनि हामीले हाम्रो मौलिकता छाड्नुहुन्न ।” नेपाली कला, संस्कृति र सभ्यताले नेपाल विश्वभर चिनिएको उनको जिकिर थियो ।

पूर्व राष्ट्रपति डा यादवले नेपाल विविध भौगोलिकताले भरिएको मुलुक भएकाले यहाँ विभिन्न जातजाति र बहुभाषिक हुनु स्वाभाविक भएको बताए । उनले भने, “हामी हिमाली देश भनेर चिनिन्छिौँ, कला र संस्कृतिलाई जोगाउनु हाम्रो दायित्व पनि हो ।”

पूर्व राष्ट्रपति डा यादवले फरक प्रसङ्गमा विपन्नताले ग्रसित हाम्रो मुलुकमा अहिले परिवर्तन आएको बताए । “मुलुकमा परिवर्तन भएको छ, आशा गरौँ विपन्नता हट्नेछ”, उनले भने । कार्यक्रममा उनले नाट्यश्वर दशक–सम्मानबाट वरिष्ठ कलाकार बसुन्धरा भुसाल, नाट्यश्वर रत्न–सम्मानबाट चैत्यदेवीलगायत तामाङ सेलो, म्हेन्दोमाया, लोकदोहोरी, आधुनिक र पपलगायत विधामा कलाकार तथा पत्रकारलाई सम्मान समेत गरेका थिए ।

वि.सं.२०७५ चैत १७ आइतवार १६:११ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...