Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए केन्याद्धारा गरिब बालबालिकालाई खाना वितरण



गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याले गरिब तथा असहाय बालबालिकालाई खाना वितरण गरेको छ ।

केन्याको नैरोबिमा रहेको सत्य साई मन्दिरको प्रांगढमा संघले आईतबार बालबालिकालाई बिस्कुट तथा अन्य खानेकुरा वितरण गरेको एनआरएनए केन्याका अध्यक्ष कृष्ण दत्त भट्टले बताएका छन् ।


उक्त मन्दिरले प्रत्येक आइतबार शहरका छेउछाउमा रहेका गरिब तथा अनाथ बालबालिकालाई खाना खुवाउने गरेको र संघले पनि उनीहरुसँगै सहकार्य गरेर झण्डै ५ सय बालबालिकालाई खाना बितरण गरेको पनि अध्यक्ष भट्टले बताएका छन् ।


उक्त कार्यमा अध्यक्ष भट्टसहित उपाध्यक्ष कृष्ण गैरे, महासचिव सुरज डुम्रे, सचिव लक्ष्मी ब्लोन तामाङ, सल्लाहकार ई. नारायण भट्टराई, आइसीसी सदस्य यादव काफ्ले, डा. सिताराम घिमीरे दम्पत्ती, युवा संयोजक शिव अधिकारी र सदस्य कमल अधिकारी सहभागी रहेका थिए ।


यस पुनित कार्यका लागि आर्थिक तथा भौतिक सहयोग गर्ने सम्पूर्णमा अध्यक्ष भट्टले धन्यवाद व्यक्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४