
१८ चैत, भक्तपुर । अग्ला अग्ला ढिस्को सिद्धिए । बिजुलीको पोल धराप ढिस्कोमा अडिएको छ । नांगो तार धराप पोलमा जेनतेन अडिएको छ । ढल्ने तरखरमा रहेको बिजुलीको पोल र नांगो तारले दुर्घटनाको जोखिम बढाएको भन्दै स्थानीय बासिन्दा त्रासमा छन् ।
अवैधानिक रुपमा ताथलीको ढिस्कोमा लगाइएको डोजर एक्साभेटरले बिजुलीको पोललाई मात्र असर नगरी करिब १५ सय घरधुरीले उपभोग गर्ने खानेपानीको स्रोत अवरुद्ध भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष महेन्द्र खायमली र लक्ष्मीकुमार भइनात्वले इँटाभट्टा सन्चालनको लागि गरेको माटो कटानले बिजुलीको पोल धरापमा परेको छ भने खानेपानी पाइप काटिएको छ । सोमबारको कान्तिपुर दैनिकमा लिला श्रेष्ठले लेखेका छन् ।
वि.सं.२०७५ चैत १८ सोमवार ०८:४१ मा प्रकाशित