
१८ चैत, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजपनि देशमा पहाडी तथा पूर्वी भू–भागहरुमा आंशिक बदली भई मेघ गर्जनसहित पानी पर्ने जनाएको छ ।
देशको पहाडी भेगको थोरै स्थानहरुमा र पुर्वी तराई भेगका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको बताउँदै । हिमाली भेगमा हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
त्यस्तै राति पनि देशका पुर्वी भेगमा आंशिक देखी सामान्य बदली रहने तथा पश्चिम र मध्यका पहाडी भू–भागहरुमा आंशिक बदलि हुनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । पुर्वी भु–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिएको जनाएको छ ।
चैत्र १९ गते (मंगलबार)
दिउँसो– देशको पुर्वी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी भू–भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।
राति – देशको पुर्वी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पुर्वी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।
चैत्र २० गते (बुधबार)
दिउँसो- देशको पुर्वी र मध्य भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ । देशको पुर्वी भू–भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।
राति – देशको पुर्वी र मध्यका पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पुर्वी पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।
वि.सं.२०७५ चैत १८ सोमवार ०९:०२ मा प्रकाशित






























