back
CTIZAN AD

कपिलवस्तुको कृष्णनगरमा गोली प्रहारबाट एकको हत्या

वि.सं.२०७५ चैत १८ सोमवार

606 

shares

१८ चैत, तौलिहवा ।  कपिलवस्तुको कृष्णनगर नगरपालिका-१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए ।

छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर नजिकै गोली प्रहार गरी भागेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

घटनालगत्तै सीमा क्षेत्रका सबै नाकामा सुरक्षा चेकजाँच कडा बनाई घटनामा संलग्न रहेकाको तीव्ररुपमा खोजी भइरहेको प्रहरी उपरीक्षक पुडासैनीले बताए । हत्या गरिएका पुरी वैदेशिक रोजगारीमा युवालाई विदेश पठाउने काम गर्दै आएका थिए ।

वि.सं.२०७५ चैत १८ सोमवार ०९:२१ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...