
१८ चैत, काठमाडौं । विश्व रक्तदाता अर्जुन प्रसाद मैनालीलाई पितृ शोक परेको छ ।
काठमाडौंको अनामनगरमा घर भइ हाल अमेरिकामा रहँदै आएका रक्तदाता मैनालीका पिता समाजसेवी पदम केशर मैनालीको सोमबार बिहान ४ बजे नेशनल अस्पताल तथा क्यान्सर रिसर्च सेन्टर जावालाखेलमा मृत्यु भएको हो । उनलाई फोक्सोको समस्या रहेको थियो ।
मैनालीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिदैछ ।
बिहान ५ बजेमात्र पर्सा र बारामा भएको प्राकृतिक विपत्ति प्रति दुःख व्यक्त गर्दै विरामीको उपचारको लागि रक्तदान गर्न सबैलाई अनुरोध गरेका रक्तदाता मैनालीले बाबुको मृत्युको खबरले स्तब्ध भएको बताएका छन् ।
‘मलाई बुबासँग आमने सामने भएर दुईचार मिनेट कुरा गर्ने इच्छा थियो, पूरा हुन पाएन । भाइबरमा दुईदिन अगाडि सम्म कुरा गरेको थिए ।’ उनले संसारन्यूज डटकमसँग भने ।
वि.सं.२०७५ चैत १८ सोमवार ०९:४० मा प्रकाशित






























