back

अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या बहुरूपी गरिबी सामना गर्दै

वि.सं.२०७५ चैत १८ सोमवार

42 

shares

१८ चैत, काबुल, अफगानिस्तान ।  अफगानिस्तानको जम्मा तीन करोड जनसङ्ख्यामध्ये झण्डै आधा जनतामा बहुरूपी गरिबीको समस्यामा बाँच्न बाध्य भएका आइतबार यहाँ सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख छ ।

दशकौँदेखि विभिन्न सशस्त्र समूहको सामना गर्दै आएको एशियाली मुलुकमा बेरोजगार दर पनि उच्च रहेको जनाइएको छ ।

इस्लामिक गणतन्त्र अफगानिस्तानले पहिलो बहुरूपी गरिबी सूचक (ए–एमपीआई) का अनुसार अफगानिस्तानको जनसङ्ख्याको ५१.७ प्रतिशत जनता बहुरूपीय अवस्थामा गरिब रेहेका पाइएको छ । स्वास्थ्य, शिक्षा, जीवन शैली, रोजगारीबाट वञ्चित रहेका र यहाँको राष्ट्रिय उत्पादन, आम्दानी र सुरक्षाले नकारात्मकताको सामना गरिरहेका विज्ञप्तिमा उल्लेख छ ।

गरिबीको तह सबैभन्दा कम राजधानी काबुलमा १२ प्रतिशत रहेको र विद्रोहीको प्रभाव रहेको द्वन्द्वग्रस्त क्षेत्र बाघिस प्रान्तमा ८१ प्रतिशत रहेको छ ।

“बहुरूपी सूचकाङ्कले यहाँको मौद्रिक गरिबीको मापदण्ड र जीवनका विभिन्न आयाममा उनीहरूले सामना गर्दै आएको अभावलाई देखाइएको छ,” राष्ट्रिय तथ्याङ्क तथा सूचना निकायका महानिर्देशक अहमद जावेद रसुलीले बताए ।

आइतबार सार्वजनिक यो तथ्याङ्कले अफगानिस्तानको गरिबीको अवस्था मात्र प्रस्तुत गर्ने नभई गरिबी नियन्त्रण नीति विकास गर्नसमेत उपयुक्त साधन बन्ने अधिकारीको भनाइ रहेको छ ।

विज्ञप्ति अनुसार, अफगानिस्तानका बहुरूपी गरिबीको रेखामा रहेका नागरिकमध्ये ५८ प्रतिशत जनता १८ वर्षमुनिका बालबालिका रहेका छन् । तथ्याङ्क अनुसार हरेक १० बहुरूपी गरिबमध्ये झण्डै ६ जनामा गरिबीको चरम प्रभाव रहेको बताइएको छ ।

यहाँको ग्रामीण क्षेत्रमा बहुरूपी गरिबीको अवस्था शहरी क्षेत्रकोे तुलनामा तीन गुणा बढी रहेको र घुमन्ते (कुची) जनसङ्ख्यामा चरम गरिबीको अवस्था सबैभन्दा बढी रहेको पाइएको छ । उनीहरू प्राय घुमेर बस्ने हुँदा उनीहरूले शिक्षा, स्वास्थ्य र बासलगातका अन्य अधारभूत सुबिधासम्म पनि पाउनलाई कठिन हुनेगरेको छ ।

अफगानिस्तानको बालबालिकामा गरिबीको अवस्था निर्धारण गर्ने एक महत्वपूर्ण कारकलाई उनीहरूको शिक्षाको अवस्था रहेको पनि अध्ययनले देखाएको छ ।

पछिल्लो वर्षहरूमा अफगानिस्तानको अर्थतन्त्र र सुरक्षाको अवस्थामा अनपेक्षित समस्या देखिएपछि उक्त सूचना बाहिर ल्याइएको हो ।

वि.सं.२०७५ चैत १८ सोमवार १०:०२ मा प्रकाशित

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

  टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक...

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

भेन्टियान । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका...

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

लन्डन  । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई...

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...