back

सिटिजन्सद्वारा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई आर्थिक सहयोग प्रदान

वि.सं.२०७५ चैत १८ सोमवार

42 

shares

१८ चैत, काठमाडौ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भीमढुंगा, रामकोटमा रहेको त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई रू पचास हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच बैंकद्वारा सो संस्थालाई रू पचास हजारको चेक हस्तान्तरण गरिएको हो ।

सन् २०१२ देखि भीमढुंगा क्षेत्रका जिज्ञासु स्थानीय वासी लाई विज्ञान, प्रविधि, साहित्य, धर्म, इतिहास, भूगोल, स्वास्थ्य, वातावरण,यौन, कृषि, पशु स्वास्थ्यआदि जस्ता विषयका पुस्तकहरु उपलब्ध गराई ज्ञान आर्जन गर्ने माहोल बनाउन त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रतत्पर रहेको छ ।
उक्त सहयोग रकम उपयुक्त कक्षहरुको निर्माण,व्यवस्थापन तथा संचालनका लागि प्रयोग गरिने कुरा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले जानकारी गराएका थिए ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

नेपाली जनताको घरदैलोमा बैंकिङ्ग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु बाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

यसका साथसाथै शाखाहरु सँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेश माप्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु,घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

वि.सं.२०७५ चैत १८ सोमवार ११:४५ मा प्रकाशित

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै हिमालयन रि

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै हिमालयन रि

काठमाडौँ । हिमालयन रि-इन्स्योरेन्सले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि प्राथमिक...

‘पञ्चकुण्ड’ ताल जमेर बरफ बनेपछि बेसिजनमा पनि पर्यटकको लर्को

‘पञ्चकुण्ड’ ताल जमेर बरफ बनेपछि बेसिजनमा पनि पर्यटकको लर्को

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको...

गोदाममा थन्कियो एक करोड केजी चिया

गोदाममा थन्कियो एक करोड केजी चिया

झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया...

आज डलरको भाउ स्थिर, यस्तो छ अन्य मुद्राको विनिमय दर

आज डलरको भाउ स्थिर, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...

के छ एनसेलले दूरसंचार प्राधिकरणलाई पठाएको पत्रमा ?

के छ एनसेलले दूरसंचार प्राधिकरणलाई पठाएको पत्रमा ?

काठमाडौं । नेपालको नीजी क्षेत्रको दूरसंचार कम्पनी आजियटाले पूर्व स्वीकृति...