back

चितवनमा सवारी दुर्घटना हुदाँ एकको मृत्यु

वि.सं.२०७५ चैत १८ सोमवार

42 

shares

१८ चैत, मुग्लिन ।  चितवनमा तीनवटा सवारी साधन एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटार स्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै गरेको बा३ ख ७९९३ नंको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ना ४ च ३२९० नंको डेलिभरी भ्यान र बा ९० प ८१३२ नंको मोटरसाइकल आज बिहान ७ः३० बजे एकापसमा ठक्कर खाँदा धादिङ ज्यामरुङका ३५ वर्षीय राजन धमलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्रकुमार गिरीले जानकारी दिए ।

धमलाको उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको प्रमुख गिरीले बताए । दुर्घटनामा भ्यानका चालक सामान्य घाइते भएका छन् । दुर्घटनाका कारणबारे अनुन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७५ चैत १८ सोमवार १२:१४ मा प्रकाशित

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारसम्बन्धी काम प्रभावित

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारसम्बन्धी काम प्रभावित

पर्वत । भौतिक विकास निर्माण तथा पूर्वाधारसम्बन्धी काम गर्ने प्रमुख...

७० वर्ष पुगेपछि चाहियो नागरिकता

७० वर्ष पुगेपछि चाहियो नागरिकता

सिरहा । धनगढीमाई नगरपालिका-१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष...

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै...

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने...

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक : नेता निधी

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक : नेता निधी

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा...