back

सभापति देउवाद्धारा दुःख व्यक्त, उद्धार कार्यमा जुट्न आग्रह

वि.सं.२०७५ चैत १८ सोमवार

30 

shares

१८ चैत, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा र पर्सामा आइतबार साँझ आएको असिना–पानीसहितको भीषण हावाहुरीका कारण तीन दर्जन बढी व्यक्तिको अकालमै ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आज विज्ञप्तिमार्फत प्राकृतिक विपद्का कारण दिवङ्गत भएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले विपद्मा परी घाइते भएकाको तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न सरकालाई आग्रह गरेका छन् ।
सभापति देउवाले काङ्ग्रेस पार्टीको तर्फबाट उपसभापति विमलेन्द्र निधि प्रभावित क्षेत्रमा गएको जनाउँदै सम्बन्धित क्षेत्रका पार्टीका केन्द्रीय सदस्यहरु एवं प्रदेश नं. २, काङ्ग्रेस संसदीय दलका नेता रामसरोज यादव तथा पार्टीका जिल्ला कार्यसमितिहरु, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थालाई समेत घाइतेको उद्धार, पुनस्र्थापना र राहतमा जुट्नका लागि निर्देशन दिएका छन् ।
उनले मानवीय संवेदनाको यस दुःखद घडीमा तत्काल राहत र उद्धारका लागि सक्रिय रहन आम दिदीबहिनी तथा दाजुभाइमा समेत हार्दिक आग्रह् गरेका छन् । काङ्ग्रेस सङ्घीय संसदीय दलले पनि सो घट्नामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्दार, उपचार तथा राहत कार्यमा तीव्रता दिन र विस्थापित परिवारको पुनस्र्थापनका लागि सरकारसँग आग्रह गरेको छ ।
प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत यस प्राकृतिक प्रकोपमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जलि अपर्ण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

वि.सं.२०७५ चैत १८ सोमवार १२:५२ मा प्रकाशित

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही...

एनसेल शेयर खरिद–बिक्री प्रक्रियाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेल शेयर खरिद–बिक्री प्रक्रियाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर...

सेयर बजारको ओरालो यात्रा कायमै, आज यी कम्पनीको सेयरमा गिरावट

सेयर बजारको ओरालो यात्रा कायमै, आज यी कम्पनीको सेयरमा गिरावट

काठमाडौँ । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज...

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौँ, हेमन्त जोशी । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक...

भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी !

भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी !

वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट...

‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयो : प्रधानमन्त्री ‘प्रचण्ड’

‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त...