back
CTIZAN AD

सभापति देउवाद्धारा दुःख व्यक्त, उद्धार कार्यमा जुट्न आग्रह

वि.सं.२०७५ चैत १८ सोमवार

573 

shares

१८ चैत, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा र पर्सामा आइतबार साँझ आएको असिना–पानीसहितको भीषण हावाहुरीका कारण तीन दर्जन बढी व्यक्तिको अकालमै ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आज विज्ञप्तिमार्फत प्राकृतिक विपद्का कारण दिवङ्गत भएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले विपद्मा परी घाइते भएकाको तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न सरकालाई आग्रह गरेका छन् ।
सभापति देउवाले काङ्ग्रेस पार्टीको तर्फबाट उपसभापति विमलेन्द्र निधि प्रभावित क्षेत्रमा गएको जनाउँदै सम्बन्धित क्षेत्रका पार्टीका केन्द्रीय सदस्यहरु एवं प्रदेश नं. २, काङ्ग्रेस संसदीय दलका नेता रामसरोज यादव तथा पार्टीका जिल्ला कार्यसमितिहरु, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थालाई समेत घाइतेको उद्धार, पुनस्र्थापना र राहतमा जुट्नका लागि निर्देशन दिएका छन् ।
उनले मानवीय संवेदनाको यस दुःखद घडीमा तत्काल राहत र उद्धारका लागि सक्रिय रहन आम दिदीबहिनी तथा दाजुभाइमा समेत हार्दिक आग्रह् गरेका छन् । काङ्ग्रेस सङ्घीय संसदीय दलले पनि सो घट्नामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्दार, उपचार तथा राहत कार्यमा तीव्रता दिन र विस्थापित परिवारको पुनस्र्थापनका लागि सरकारसँग आग्रह गरेको छ ।
प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत यस प्राकृतिक प्रकोपमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जलि अपर्ण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

वि.सं.२०७५ चैत १८ सोमवार १२:५२ मा प्रकाशित

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...