back
CTIZAN AD

बर्डफ्लुको आशङ्का सात हजार चल्ला नियन्त्रणमा

वि.सं.२०७५ चैत १८ सोमवार

558 

shares

१८ चैत, गोरखा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बर्डफ्लुको आशङ्कामा गएराति सदरमुकाम भित्र्याउँदै गरिएका करीब सात हजार भन्दा बढी कुखुराका चल्ला नियन्त्रणमा लिएको छ ।

गोरखा नगरपालिका-१३ स्थित मझुवा देउरालीमा क्वारेनटाइन जाँचका क्रममा चल्ला नियन्त्रणमा लिइएको केन्द्रका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिए । सदरमुकामतर्फ ल्याइँदै गरिएका दुई गाडीबाट चार हजार १५० र छोप्राक लैजान लागिएका एउटा गाडीबाट तीन हजार दुई सय कुखुराका चल्ला नियन्त्रणमा लिएको उनले बताए ।

“नियन्त्रणमा लिइएका चल्लाको नमूना परीक्षणका लागि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा पठाउन लागिएको छ”, उनले भने, “परीक्षणपछि मात्र बिक्री गर्न मिल्ने नमिल्ने थाहा हुन्छ ।” बर्डफ्लु भएको भेटिए बर्डफ्लु रोग नियन्त्रण कार्यविधि २०६४ अनुसार कारवाही अगाडि बढाइने उनले बताए ।

बरामद गरिएका चल्लाको भेटिनरी प्रमाणपत्रमा फारम भर्दा हस्ताक्षर गर्ने चिकित्सकको अक्षर र फारम भर्दाको अक्षर समेत फरक पाइएको प्रमुख डा ठाकुरको भनाइ छ ।उनले हस्ताक्षर चिकित्सकले गर्ने भए पनि व्यहोरा अरुले नै भर्ने गरेकाले पनि शङ्का उब्जिएको बताएका छन् ।

नियन्त्रणमा लिइएका चल्लाको नमूना परीक्षणपछि बर्डफ्लु भएको पुष्टी भए सुरक्षित ठाउँमा लगेर भए नष्ट गरिने उनले बताए । पछिल्लो पटक छिमेकी जिल्लामा बर्डफ्लु भेटिएको पुष्टी भएपछि गोरखामा बर्डफ्लु भित्रन नदिन कार्यालयले उच्च सर्तकता अपनाएको उनले जानकारी दिएका थिए ।

वि.सं.२०७५ चैत १८ सोमवार १३:३१ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...