back
CTIZAN AD

हरिपुर नगरपालिकामा ग्यास सिलिण्डर पड्किँदा चार घाइते

वि.सं.२०७५ चैत १८ सोमवार

696 

shares

१८ चैत, सर्लाही । हरिपुर नगरपालिका–९ पिडारी बजारमा आज बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिण्डर पडकिँदा चारजना घाइते भएका छन् ।

बिहानैदेखि चलेको हावाहुरीका कारण आगो फैलिँदा तीन पसल र एक घर जलेर नष्ट भएको छ । बजारमा फोहर नष्ट गर्न बालिएको आगो हावाहुरीले छेउमै रहेको खुश्वु फर्निचर उद्योग पुग्दा आगलागी हुनपुगेको थियो । फर्निचरबाट सल्किएको आगो चन्देश्वर साहको मासु पसलमा लाग्दा त्यसमा रहेको ग्यास सिलिण्डर पडकिँएर चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिलिण्डर पडकिँदा हरिपुर नगरपालिका–९ पिडारीका ४५ वर्षीय विश्वनाथ साह र कविलासी नगरपालिका–१ पिपरियाका १९ वर्षीय भरत पण्डितको दाँहिने खुट्टा जलेको छ । सिलिण्डरबाट उछिटिएका टुक्रा लगेर पिडारीका १९ वर्षीय गौतम साह र ३० वर्षीय मञ्जुर अन्सारीको खुट्टा भाँच्चिएको छ । घाईतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

आगलगीमा परी फर्निचर उद्योग, चन्देश्वर र शत्रुधन साहको मासु पसल, रामपरी देवीको फुसको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । त्यसैगरी बजारमै रहेको साना किसान सहकारी संस्थाको घरमा पनि क्षति पुगेको स्थानीय कामेश्वर सिंहले जनाकारी दिएका छन् । स्थानीय, बारुणयन्त्र र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको छ ।

वि.सं.२०७५ चैत १८ सोमवार १३:३८ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...