back

हावाहुरीको वितण्डाले लियो एकै गाउँका १३ को ज्यान,मृतकको संख्या २७ पुग्यो (नामावली सहित)

वि.सं.२०७५ चैत १८ सोमवार

33 

shares

तस्बिर : दिपेश पुनको वालबाट

१८ चैत, काठमाडौं । बारा र पर्सामा आइतबार राति भएको भिषण हावा हुरीका कारण बारा जिल्लाका एकै गाउँका १३ जानले ज्यान गुमाएका छन् ।उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुगेको गृहमन्त्रालयले जनाएको छ ।

ज्यान गुमाउनेमा फेटा गाउँपालिका १ का ५५ वर्षीय हरिनारायण दास, ४५ वर्षीया मनोरमा देवी, २४ वर्षीया रुनी देवी, ६ वर्षीय बालक नन्द पटेल, १२ वर्षीया रुवि खातुन र फेटा ६ का २५ वर्षीया विविमा खातुन, ५० वर्षीया मुस्तकिमा खातुन, २५ वर्षीया मिना खातुन, ११ वर्षीया नोक्सारा मिया, ४ वर्षीया बालिका अलिसा खातुन, ४० वर्षीया सकिया खातुन, र १२ वर्षीया सम्धिसा खातुन र १८ वर्षीया सबनम खातुनले ज्यान गुमाएका हुन् ।


त्यस्तै अन्यमा ५५ वर्षीय अक्षयलाल माझी प्रसौनी, ५० वर्षीया गढिमा देवी कलैया १६, भारत मोतिहारीका हितलाल सहनी (वर्ष नखुलेका), ४५ वर्षीय राम माझि र ४ वर्षीय सुरझ माझी भवानीवपुर १, काजल इट्टभट्टामा कार्यरत भारत मोतिहारी कालु पक्करका २२ वर्षीय राजेश मुखिया, भारत सितामढी बोक्ता ५ का २३ वर्षीय अवधेश पासवान र नबिन ईटा भट्टामा कार्यरत भारत युपि बरेली लालगंज खिरीका ४१ वर्षीय राधेलोडी रहेका छन् ।

त्यस्तै ३० वर्षीया तरिफा खातुन सुर्वण ८, ७५ वर्षीया कोइरीदेवी महागढिमाई–७, ६५ वर्षीय श्रिप्रसाद यादव सुर्वण ४, र नाम खुल्न बाँकी रहेका २ जना रहेको बताइएको छ । अहिले सम्म मृत्यु हुनेको संख्या २७ पुगेको छ भने घाईते हुनेको संख्या ३४३ पुगेको छ ।


जसमा नारायणी उपक्षेत्रिय अस्पतालमा ११६ जना, नेशनल मेडिकल कलेज बीरगंजमा १०० जना, गण्डक अस्पताल वीरगंजमा २८ जना, बीरगंज हेल्थ केयरमा ३९ जन एडभान्स अस्पताल वीरगंजमा २० जना, कलैया अस्पतालमा ३८ जना र तराई अस्पताल वीरगन्जमा २ जनाको उपचार भइरहेको छ ।

त्यस्तै हेटौडाबाट वीरगंज आउदै गरेको ना ६ ख ९३६० नम्बरको बस वीरगन्ज उपमहानगरपालिका १२ गण्डकस्थित त्रिशक्ति सिमेन्ट कारखाना अगाडि बिजुलीको पोल ढल्दा भएको दुर्घटनामा १८ वर्षीय सरोज रामको मृत्यु भएको थियो भने ५ जना घाईते भएका थिए । उनीहरुको वीरगन्ज हेल्थ केयरमा उपचार गरिएको पनि बताइएको छ ।

वि.सं.२०७५ चैत १८ सोमवार १३:५४ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...