back
CTIZAN AD

हावाहुरीको वितण्डाले लियो एकै गाउँका १३ को ज्यान,मृतकको संख्या २७ पुग्यो (नामावली सहित)

वि.सं.२०७५ चैत १८ सोमवार

729 

shares

तस्बिर : दिपेश पुनको वालबाट

१८ चैत, काठमाडौं । बारा र पर्सामा आइतबार राति भएको भिषण हावा हुरीका कारण बारा जिल्लाका एकै गाउँका १३ जानले ज्यान गुमाएका छन् ।उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुगेको गृहमन्त्रालयले जनाएको छ ।

ज्यान गुमाउनेमा फेटा गाउँपालिका १ का ५५ वर्षीय हरिनारायण दास, ४५ वर्षीया मनोरमा देवी, २४ वर्षीया रुनी देवी, ६ वर्षीय बालक नन्द पटेल, १२ वर्षीया रुवि खातुन र फेटा ६ का २५ वर्षीया विविमा खातुन, ५० वर्षीया मुस्तकिमा खातुन, २५ वर्षीया मिना खातुन, ११ वर्षीया नोक्सारा मिया, ४ वर्षीया बालिका अलिसा खातुन, ४० वर्षीया सकिया खातुन, र १२ वर्षीया सम्धिसा खातुन र १८ वर्षीया सबनम खातुनले ज्यान गुमाएका हुन् ।


त्यस्तै अन्यमा ५५ वर्षीय अक्षयलाल माझी प्रसौनी, ५० वर्षीया गढिमा देवी कलैया १६, भारत मोतिहारीका हितलाल सहनी (वर्ष नखुलेका), ४५ वर्षीय राम माझि र ४ वर्षीय सुरझ माझी भवानीवपुर १, काजल इट्टभट्टामा कार्यरत भारत मोतिहारी कालु पक्करका २२ वर्षीय राजेश मुखिया, भारत सितामढी बोक्ता ५ का २३ वर्षीय अवधेश पासवान र नबिन ईटा भट्टामा कार्यरत भारत युपि बरेली लालगंज खिरीका ४१ वर्षीय राधेलोडी रहेका छन् ।

त्यस्तै ३० वर्षीया तरिफा खातुन सुर्वण ८, ७५ वर्षीया कोइरीदेवी महागढिमाई–७, ६५ वर्षीय श्रिप्रसाद यादव सुर्वण ४, र नाम खुल्न बाँकी रहेका २ जना रहेको बताइएको छ । अहिले सम्म मृत्यु हुनेको संख्या २७ पुगेको छ भने घाईते हुनेको संख्या ३४३ पुगेको छ ।


जसमा नारायणी उपक्षेत्रिय अस्पतालमा ११६ जना, नेशनल मेडिकल कलेज बीरगंजमा १०० जना, गण्डक अस्पताल वीरगंजमा २८ जना, बीरगंज हेल्थ केयरमा ३९ जन एडभान्स अस्पताल वीरगंजमा २० जना, कलैया अस्पतालमा ३८ जना र तराई अस्पताल वीरगन्जमा २ जनाको उपचार भइरहेको छ ।

त्यस्तै हेटौडाबाट वीरगंज आउदै गरेको ना ६ ख ९३६० नम्बरको बस वीरगन्ज उपमहानगरपालिका १२ गण्डकस्थित त्रिशक्ति सिमेन्ट कारखाना अगाडि बिजुलीको पोल ढल्दा भएको दुर्घटनामा १८ वर्षीय सरोज रामको मृत्यु भएको थियो भने ५ जना घाईते भएका थिए । उनीहरुको वीरगन्ज हेल्थ केयरमा उपचार गरिएको पनि बताइएको छ ।

वि.सं.२०७५ चैत १८ सोमवार १३:५४ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...